धरान र इटहरी उपमहानगरको फोहोर: नागरिकलाई रोग, पर्यावरण चौपट

Leave a comment

धरान र इटहरी उपमहानगरपालिकाले जथाभावी फोहोर फालेर नागरिकलाई रोगी बनाएका छन्

गोपाल दाहाल: खोज पत्रकारिता केन्द्र

इटहरी उपमहानगरपालिका–१९ को भवानीपुरमा २०७६ माघ पहिलो साता स्थानीय मच्छिन्द्र वन, बद्री वन, हब्बु विश्वकर्मा र नरमाया पुरीको मृत्यु भयो । ५० वर्ष नाघेका सबैमा श्वास–प्रश्वासको समस्या थियो ।

वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरी भन्छन्, “उनीहरू सबै दम र श्वास–प्रश्वासका रोगी थिए । त्यसबेला गाउँमा फैलिएको धुवाँले सद्दे मान्छेलाई बाँच्न गाह्रो थियो ।” उनका भनाइमा इटहरी उपमहानगरले भवानीपुर वरपर फालेको फोहोरले नागरिकको स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याएको छ ।

हुन पनि भवानीपुरका घरघरमै श्वास–प्रश्वास र दमका रोगी छन् । फोहोरबाट निस्किएको विषाक्त धुवाँले ५० वर्ष कटेका अधिकांश नागरिकलाई बाँच्न मुश्किल बनाएको छ । भवानीपुरका ६५ वर्षीया लीला गिरी र उनका पति ७१ वर्षीय नरबहादुर गिरी प्रदूषण पीडित हुन् । https://www.youtube.com/embed/pAItZoxSl1g

गाउँभरि फैलने धुवाँको मुस्लोले घाँटी खस्खसाउने, सास थुनिए जस्तो हुने गरेपछि ६ पटक अस्पताल धाइसकेकी लीला भन्छिन्, “पहिला यस्तो समस्या थिएन, धुवाँले म पनि रोगी भएँ, बूढालाई पनि दम छ, औषधिको सहारामा बाँचेका छौं ।”

भवानीपुरकै ५५ वर्षीया लक्ष्मी चौलागाईंलाई पनि दम र श्वास–प्रश्वासको समस्या छ । २०७६ माघमा गाउँभर फैलिएको धुवाँले गम्भीर बिरामी परेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्ता उपचार गरिएको थियो । त्यतिबेला उनको करीब रु.५० हजार सकियो । चौलागाई भन्छिन्, “रबर, प्लाष्टिक डढाएपछि आँखै पोल्ने धुवाँ आउँछ अनि उकुसमुकुस भएर सासै जाला जस्तो हुन्छ ।”

भवानीपुरमा फोहोरको धुवाँ फैलिन थालेपछि कतिपय मानिस राति सुत्न नसकेर अर्को गाउँतिर लाग्छन् । गाउँमै बस्नेहरूलाई रातारात अस्पताल पु¥याउनुपर्छ । ५६ वर्षीय सुरेश गिरी भन्छन्, “सासै रोकिएर बोल्नै नसक्ने, हिंड्नै नसक्ने भएँ । राति नै टेम्पो बोलाएर अस्पताल लगे । गाउँ कटेपछि मात्र सास फेर्न अलि सजिलो भयो ।”

स्थानीय ईश्वर पौडेलको परिवार २० वर्षदेखि धरान उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ नजिकै बस्दै आएको छ । ९ वर्षअघि ईश्वर र उनकी श्रीमती कमलाले सानो हैरानी खेप्नु परेन । भर्खरै जन्मिएको छोरालाई निमोनिया, टन्सिल भयो । लामो समय उपचार गर्दा उनीहरूको करीब रु.७ लाख सकिएको कमला बताउँछिन् । अहिले दमको रोगी भएको छोराका लागि महीनामा रु.२ हजारको औषधि चाहिन्छ भने दुई–दुई महीनामा अस्पताल धाइरहनुपर्छ । कमला भन्छिन्, “बेला–बेला घाँटी पोल्यो भन्छ, कतिखेर के हुन्छ भनेर जहिल्यै टेन्सन हुन्छ ।”

यी दृष्टान्तले धरान र इटहरी उपमहानगरपालिकाहरूले फालेको फोहोरले कसरी मानव वस्ती र पर्यावरणलाई असर गरेको छ भन्ने देखाउँछ ।

गाउँ नै ढाक्ने गरी धुवाँ फैलिएर स्थानीय भकाभक बिरामी पर्न थालेपछि भवानीपुरका युवाहरूले २०७६ माघमा फोहोर ल्याउने गाडी नै रोकेर आन्दोलन गरे । प्रदूषण रोक्न इटहरी उपमहानगरपालिका, स्थानीय र फोहोर फाल्ने ठेक्का लिएको ‘वेष्ट एण्ड इन्भाएरोमेन्ट म्यानेजमेन्ट प्रालि’ बीच १९ माघ २०७६ मा फोहोर नजलाउने र व्यवस्थापन गर्ने सहमति भयो ।

त्यो सहमति कागजमै सीमित भयो । अहिले पनि इटहरी उपमहानगरको फोहोर वनमै फालिन्छ । वेष्ट एण्ड इन्भाएरोमेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष मानध्वज मोक्तान भने उपमहानगरपालिकाले सम्झौता अनुसार उपलब्ध गराएको ठाउँमा आफूले फोहोर फाल्ने गरेको बताउँछन् । मोक्तान भन्छन्, “पहिला अर्को कम्पनीले फाल्थ्यो । हामीले २०७५ देखि उपमहानगरपालिकाले तोकेको स्थानमा फाल्ने गरेका छौं । तर, स्थानीयले विरोध गरेपछि अहिले फोहोरमा आगो लगाउन नदिन हेरालु राखिएको छ ।”

नगरको फोहोरमा खानेकुरा, प्लाष्टिक, सिसा, तार, कागज, कपडा सबै एकै ठाउँमा मिसाइएको हुन्छ । त्यसरी थुप्रिएको फोहोरमा आगो लगाउँदा वस्ती र जंगलमा धुवाँ फैलिन्छ । विश्व स्वास्थ्य संगठनले महत्वपूर्ण तथ्य भनेर प्रकाशित गरे अनुसार, ‘खुला रूपमा जलेका प्लाष्टिकको धुवाँबाट डायोक्जिन, फ्युरेन्स, पार्टिकुलेट म्याटर (पीएम २.५, पीएम १० माइक्रोन) जस्ता हानिकारक तत्व बनेर वायु प्रदूषित बनाउँछ ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फिजियोलोजी विभागकी एडिसनल प्रोफेसर डा. रीता खड्काका अनुसार फोहोरको धुवाँबाट निस्किएका केमिकलहरूले दम, क्यान्सर, हार्टअट्याक, डाईवेटिज, हाडजोर्नी दुख्ने लगायतका समस्या निम्त्याउँछ ।

उनी भन्छिन्, “प्लाष्टिकको धुवाँले शरीरका जुनसुकै अंगमा क्यान्सर हुनसक्छ । यो प्रदूषणबाट बच्चा, सुत्केरी, गर्भवती र वृद्धवृद्धालाई बढी खतरा हुन्छ ।” इटहरी–१९ को भवानीपुर, ब्रह्मपुर, तामाङ टोल लगायत क्षेत्रका ८ हजार ९०० जनसंख्या धरान–इटहरीको फोहोरबाट प्रभावित छन् । तर, इटहरी र धरान उपमहानगरपालिकाले भने यो समस्यालाई अहिलेसम्म गम्भीर रूपमा लिएका छैनन् ।

जनावर मासिए, रूख सुके

धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानबाट दैनिक उत्पादन हुने ४७ टन फोहोरमध्ये करीब ३५ टन बाँझोगरा सामुदायिक वनको क्षेत्रमा फालिन्छ । इटहरीबाट दैनिक उत्पादन हुने ३७ टनमध्ये करीब २३ टन हाँसपोसा सामुदायिक वन क्षेत्रमा फालिन्छ । धरानले २०४३ सालदेखि र इटहरीले पाँच वर्ष अघिदेखि यी ठाउँमा फोहोर फालिरहेका छन् ।

सडकमै फोहोर जलाउँदै धरान उपमहानरपालिकाका कर्मचारी

बाँझोगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तान फोहोर फालिएको ठाउँमा ३०० भन्दा बढी बिरुवा र धेरै ठूला रूख पनि मरेको बताउँछन् । “पहिला वनभरि मौरी हुन्थे । धुवाँले यो वनका मौरीहरू मासिए, धेरै चरा र पुतली हराए” अध्यक्ष मोक्तान भन्छन्, “पहिला नगरपालिकाले विष खुवाएर मारेका कुकुर नगरको फोहोरसँगै मिसाएर जंगलमा फाल्ने गरिएको थियो । मरेका कुकुरको मासु खाएर यो जंगलका बँदेल र स्याल समेत सखाप भए । फोहोरमा लागेको आगो वनमा फैलिएपछि मृग पनि मरे ।”

वनमा फोहोर नफाल्न धेरै पटक आग्रह गर्दा र वनभित्र छिर्ने बाटोमा गेट लगाएर बन्द गर्दा पनि फोहोर फाल्न रोकिएको छैन । इलाका वन कार्यालय धरानका रेञ्जर ईश्वरी बास्तोला फोहोरले अहिले पनि बोटबिरुवा मरिरहेको, चराचुरुङ्गी र जनावर विस्थापित भएको बताउँछन् । बास्तोला भन्छन्, “फोहोरले जैविक विविधतालाई धेरै असर गरेको छ । अब पनि व्यवस्थित नगर्ने हो भने वन्यजन्तु र वनस्पतिमा धेरै ठूलो क्षति हुन्छ ।”

आईयूसीएन नेपालका पूर्वप्रमुख, वातावरण तथा संरक्षणविद् राजेन्द्र खनालका अनुसार फोहोर र धुवाँले बिरुवाका पातहरूमा हुने प्वालहरू टालिन्छन् र प्रकाश संश्लेषण हुन नसक्दा बिरुवाले खाना बनाउन सक्दैनन् । अक्सिजन नपाएर बोटबिरुवा बढ्दैनन्, रोगी हुन्छन् र मासिन्छन् । उनी भन्छन्, “यस्तो फोहोरले माटो र पानी पनि प्रदूषण हुने हुँदा उब्जनीमा असर पर्छ । मानिस, जनावर र बिरुवा रोगी बन्छन् अनि फोहोर जलाउँदा कार्बन वातावरणमा जम्छ ।”

खेतीमा क्षति

धरान र इटहरीको फोहोर फाल्ने ठाउँ सेउती खोलाको छेउमै पर्छ । वर्षामा बाढी आउँदा फोहोर बगेर किसानका खेतबारीमा पुग्छ । इटहरीको फोहोर भवानीपुरको सीमा क्षेत्रको जंगल र खोल्सीमा थुप्रिन्छ । धरानको फोहोर खोलाले बगाएर रामधुनी नगरपालिका–७ को कुमारखतका किसानको खेत पुग्छ । खेतमा प्लाष्टिकका बोतल, सिसा, सिरिञ्ज, विभिन्न हानिकारक वस्तुहरू र कहिलेकाहीं त मानव अंग समेत भेटिने गरेको छ ।

रामधुनीको कुमारखतका खेतमा संकलन गरेर थुपारिएको फोहोर ।

त्यस्ता फोहोरका कारण उब्जनीमा कमी आएको रामधुनी–७ का वडाध्यक्ष केशव गौतम बताउँछन् । फोहोरले करीब २०० बिघा खेतमा प्रत्यक्ष असर परेको उनको अनुमान छ । गौतम भन्छन्, “बाढी आउँदा फोहोर खेतभरी हुन्छ । काम गर्दा किसानहरूका हात–खुट्टामा चोट लाग्छ । उत्पादनमा ह्रास आएको हुन्छ ।”

रामधुनी नगरपालिकाका मेयर जयनारायण चौधरी फोहोरले उत्पादन र मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको बताउँछन् । भन्छन्, “माथिबाट बगेर आउने फोहोरबाट हामी पीडित छौं । उचित व्यवस्थापन गर्न धेरै पटक आग्रह ग¥यौं तर अझै समाधान भएको छैन ।”

धरान उप–महानगरपालिकाले फोहोरबाट ग्याँस निकाल्न ‘भेन्चर वेष्ट एण्ड इनर्जी प्रालि’ सँग २०७३ मा सम्झौता गरेको थियो । तर, रिसाइकल नहुने फोहोर कहाँ फाल्ने भन्नेमा अझै अन्योल रहेको धरान उपमहानगरपालिकाका वातावरण निरीक्षक राजु चौहान बताउँछन् । धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरे भने करीब दुई टन जति फोहोर वनमै ल्याण्डफिल्ड साइड बनाएर व्यवस्थापन गरिने बताउँछन् । धरानका मेयर तिलक राई फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग सम्झौता भइसकेकाले चाँडै समस्याको समाधान हुने आशा रहेको बताउँछन् ।

इटहरीको फोहोर उठाउँदै आएको ‘वेष्ट एण्ड इन्भाएरोमेन्ट म्यानेजमेन्ट प्रालि’ ले पनि ‘रिसाइकल’ का लागि संरचना निर्माण गरिरहेको छ । ‘रिसाइकल’ नहुने १० प्रतिशत फोहोर ल्याण्डफिल्ड साइडमा फालिने वातावरण अधिकृत पुष्पनारायण चौधरी बताउँछन् । तर, त्यो काम कहिले हुने कुनै टुंगो छैन ।

दुवै उपमहानगरले अहिले लकडाउनका कारण ‘रिसाइकल प्लान्ट’ निर्माणमा ढिलो भएको स्वीकार गरेका छन् । इटहरीकी उपमेयर लक्ष्मी गौतम पनि फोहोर व्यवस्थापन गरिरहेको कम्पनीले ल्याण्डफिल्ड साइड बनाइरहेकाले जथाभावी फोहोर फाल्ने क्रम चाँडै रोकिने बताउँछिन् ।

फोहोर र धुवाँ पीडित: १.धनबहादुर सार्की २.सत्य गिरी ३.जुनकेशरी देवान ४.लक्ष्मी चौलागाई ५.नरबहादुर गिरी ६.लीला गिरी ७.धनमाया गिरी ८.सुरेश गिरी । उनीहरु श्वासप्रश्वास र घाँटीको रोगबाट पीडित छन् ।

धरान र इटहरी क्षेत्रका करीब ३०० मेडिकल र क्लिनिकहरूबाट उत्पादन भएका फोहोर पनि निर्मलीकरण नगरी नै नगरको फोहोरमा मिसाइने गरेको छ । एकजना विज्ञका भनाइमा, “यस्तो फोहोरमा स्वास्थ्यका लागि घातक मानिने पारोयुक्त ब्याट्री, सिएफएल बल, ट्यूबलाइट पनि मिसिएका हुनसक्छन् ।”

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, काठमाडौंका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहका अनुसार जलाउँदा पनि पारो नाश हुँदैन । त्यो हावा र पानीको माध्यमबाट मानव र जीव–जनावरको शरीरमा प्रवेश गर्छ ।

साहका भनाइमा, त्यसले स्नायु प्रणाली, सुन्ने र देख्ने शक्तिमा ह्रास ल्याउँछ । मिर्गौला, फोक्सोदेखि प्रजनन प्रणालीमा समेत नकारात्मक असर पु¥याउँछ । स्वास्थ्य संस्थाजन्य फोहोरबाट मानव स्वास्थ्य र वातावरणमा असर गर्ने घातक रसायन निस्किन्छ । अनि फोहोरमा रहेका सिरिञ्ज, बोतलहरूले चोट लागे हेपाटाइटिसको संक्रमण हुनसक्छ । साह भन्छन्, “घरायसी फोहोर यसरी जथाभावी फाल्नै मिल्दैन ।”

धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरे स्वास्थ्य संस्थाहरूलाई फोहोर निर्मलीकरण गरेर मात्र फाल्नु भनिएको तर जनशक्ति अभावले अनुगमन नगरिएको बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले स्थानीय तहलाई स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी दिएको छ । तर धरान र इटहरी उपमहानगरले ऐनले तोकेको काम, कर्तव्य पालना गरेका छैनन् । इटहरी उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरी नगरको फोहोरका कारण जनस्वास्थ्यमा असर परिरहेको स्वीकार्छन् । चौधरी भन्छन्, “हामी पनि बाध्यतामा छौं ।”

संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक प्रदान गरेको छ भने फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६, जनस्वास्थ्य सेवा ऐन २०७५ र वन ऐन २०४९ ले जथाभावी फोहोर फाल्न निषेध गरेका छन् । वातावरण कानूनविद् अधिवक्ता पदमबहादुर श्रेष्ठ धरान र इटहरी उपमहानगरले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन गर्ने दायित्व विपरीत आफैं प्रदूषण गरेर दण्डनीय कार्य गरेको बताउँछन् । भन्छन्, “धरान र इटहरी उपमहानगरले संविधान र ऐन कानूनको धज्जी उडाएका छन् । जनस्वास्थ्य, पर्यावरण ध्वस्त पार्नेलाई कानूनी कारबाही गर्नु आवश्यक छ ।”

खोज पत्रकारिता केन्द्रमा प्रकाशित

धरान त आकाशबाट नीलो पो देखिँदोरहेछ !

Leave a comment

Dhara-paragalaiding-11

गोपाल दाहाल

‘धरानको आकाशमा तपाईं पनि उड्ने हो ? हामीले तपाईलाई उडाउने विचार गरिरहेका छौं ।’ निर्मल आचार्य दाइले यस्तो प्रस्ताव राख्दा सुरुमा त बुझिनँ । रोशन अधिकारी दाइले प्रष्ट पार्नु भयो ‘अब भेडेटार-धरानमा पनि पोखराको जस्तै प्याराग्लाइडिङ सुरु हुने भयो, उद्घाटनको दिन उड्न मन भए आउनुस् ।’

केही महिनाअघि पूर्वमा साहसिक पर्यटनको आकर्षण र सम्भावनाका विषयमा समाचार लेख्दा उहाँहरुसँग प्याराग्लाइडिङको बिषयमा लामो कुरा भएको थियो । पूर्वी नेपालमा पहिलोपटक आफुहरुले व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु गर्न कम्पनी दर्ता गराएको र भूकम्पका कारण सुरु गर्न ढीला भइरहेको निर्मल दाइले बताउनुभएको थियो ।

त्यही प्याराग्लाइडिङ दसैंको मौकामा उडान सुरु गरिने भएपछि निम्ता दिनुभएको थियो । ‘पूर्वमा पहिलो चोटि व्यवसायिक उडान हुँदैछ, कतिको गाह्रो होला ? कतै भुइँमा पछारियो भने त गइयो !’ यस्तै सोच आयो । तर, डराई डराई ‘हुन्छ’ भनियो ।

उद्घाटनको अघिल्लो दिन परीक्षण उडान गरिने भयो । केही साथीहरुसँगै म पनि उड्न भनेर पुगें भेडेटार नजिकैको छोटीमोरङ डाँडामा ।

तर, पाँचवटा मात्रै टेन्डम थिए, प्याक भइसकेछ । ठिकै छ, पछि उद्घाटनकै दिन उडौंला भनेर फर्किएँ ।

भोलिपल्ट अर्थात असोज २४ गते नेपाल हवाइ खेलकुद संघका केन्द्रीय उपाध्यक्ष सोभित बानियाँ, ९ वर्षीया प्रतिजा अधिकारी र पाइलटहरु प्रेम केसी, माधव दाहाललगायतसँग धरान ४ स्थित ‘धरान स्काई एड्भेन्चर प्रालि’को कार्यालयबाट भेडेटारतर्फ लागियो ।

छोटी मोरङ डाँडा पुगेपछि मलाई पाईलट प्रेम केसीले उडाउने भए । उनले एउटा ठूलो झोला जस्तो जिउमा भिरिदिएपछि मलाई टेन्डम छेउमा उभ्याए । अनि आफुले इसारा गरेपछि दौडिएर भीरतिर हाम्फाल्न लगाए ।

भीरमा फालहान्नुपर्ने ? मनै सिरिङ्ग भयो । तै पनि चरा झैं उडेर मज्जा लिने पहिलादेखिको चाहना पूरा हुँदै थियो । चुपचाप बसें ।

हावाको गति विचार गरेपछि प्रेमले अघि भनेझैं दौडिन इसारा गरे । म अघिअघि दौडिएँ र भीरबाट फाल हानें । प्याराग्लाइड फुकेर माथि उड्यो, प्यारासुटझैं ।

अनि हामी हावामा तैरिंदै भीर, खोला र जंगलको माथिमाथि उड्न थाल्यौं । प्रेम रमाईला मानिस रहेछन्, उनले ल गीत गाऔं भन्दै सुरु गरे ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो….’ मैले पनि स्वर थपें ।

म डराउँछु भनेर होला उनले धरानको गीत गाऔं भने । मैले ‘धरानको बजारमा, माया बस्यो एकै नजरमा…’ गाएँ उनले स्वर थपे ।

माथि माथि जाँदा हावाले प्यारासुट हल्लाउँथ्यो । त्यसबेला घरिघरि मनै सिरिङ्ग हुन्थ्यो ।

गाउँदै अनि फोटो र भिडियो खिच्दै माथिमाथि पुग्दा विजयपुरमाथिको हरियो जंगल देखियो, त्यसपछि फुस्रेको आर्मी क्याम्प, धरान त माथिबाट नीलो पो देखिँदो रहेछ ! छानाभरि नीलो टीन टल्किएको देखिन्थ्यो । बाटोहरु देख्दा नक्सा हेरेजस्तै लाग्यो । माथिबाटै नियालें, वीपी प्रतिष्ठान, महेन्द्र क्याम्पस, घण्टाघर, फुटबल ग्राउण्ड !

हवाइजहाजबाट निक्कै तलतल सानासाना घरहरु देखिन्छन् । तर, प्याराग्लाइडिङबाट नजिकै ठूला-ठूला घरहरु देखिँदा रहेछन्, प्रष्टसँग । चराले सायद यस्तै देख्दो हो !

करिब २५ मिनेट उडेपछि धरान १६ को सर्दु खोला किनारमा पर्ने नौलोवस्तीमा अवतरण गर्न लाग्दै थियौं हामी । प्रेमले भने ‘हावा उल्टो गतिबाट आइरहेछ अलि समस्या पर्न सक्छ, तपाई खुट्टा माथि गर्नुस् ।’ मैले उनले भनेझैं गरें । उनले अवतरण गर्ने ठाउँमा लैजान खोजे । तर, हावाले साथ दिएन । मलाई डर लाग्यो ।

त्यसपछि खोलामै झर्ने भइयो । उनले खुट्टा टेक्न आग्रह गरे । मैले टेक्नै नपाई ग्लाईड भुईमा झरेछ, म हल्का पछारिएँ । तर, रमाईलो भयो ।

हामीलाई हेर्न सुकुम्बासी वस्तिका केटाकेटी, बुढाबुढी अघि नै जम्मा भइसकेका रहेछन् ।

हावामा कावा खाँदै चराझैं माथि आकाशमा उड्न पाए कस्तो मज्जा हुन्थ्यो होला ? म वाल्यकालदेखि यस्तै सोच्थें । केही वर्षअघि पोखरा जाँदा आकाशमा रंगीचंगी चङ्गा उडेझैं देखेको थिएँ । आहा ! कस्तो गजबको चङ्गा भनेर सोच्दा सोच्दै त्यसमा तुन्द्रुङ्ग मान्छेहरु झुण्डिएको देखेपछि अचम्म लागेको थियो । तर, आफुलाई चाहिँ उडीहाल्ने अवसर जुरेको थिएन । यसपटक आफ्नै ठाउँ धरानको आकाशमाथि कावा खाँदै रमाइलो गर्दै उड्न पाइयो ।

पहिला दशैंमा ‘भूईं छाड्नु पर्छ’ भन्दै बुढापाकाहरु पिङमा मच्चिन उक्साउँथे । अचेल सहरमा लिंगेपिङ हराउन थाल्यो । त्यसैले तर, दशैंमा प्याराग्लाइडिङ गरेर भूईं छाडियो । अनि केही छिनका लागि आकाशमै रमाइयो ।

dharan-paragalaiding-22

यस वर्ष वैशाख १२ को भूकम्पले दिएको पीडा अनि भर्खरै मधेसमा भएको आन्दोलन र भारतीय नाकाबन्दीले दिएको दुःखले निराश भएका सर्वसाधारण नाका खुलेर जनजीवन सहज हुन थालेपछि पीडा भुल्दै रमाइलो मनाउने मुडमा छन् । यस्तो रमाइलोका लागि सबैभन्दा रौनक चाहिँं भेडेटारदेखि धरानसम्मको प्याराग्लाइडिङले ल्याउँदैछ । आगामी सातादेखि सर्वसाधारणका लागि प्याराग्लाइडिङ सेवा सुरु गर्ने तयारीमा सञ्चालकहरु लागिपरेका छन् ।

धरान स्काई एड्भेन्चर प्रालिले पूर्वमै पहिलोपटक धनकुटाको भेडेटारस्थित छोटीमोरङबाट धरान १६ नयाँवस्तीसम्म व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु गर्दैछ । ६ वटा टेन्डम उडाउने अनुमति लिएको प्रालिले हाल ५ हजार ५ सय रुपैयाँमा करिब २५ मिनेट उडाउने बताएको छ ।

उडानका क्रममा धरानको ७० प्रतिशत भागसँगै इटहरी र तराईको समथर फाँटको दृष्यावलोकन गर्न सकिने प्यारा पाइलट प्रेम केसीले बताउँछन् ।

पोखरामा लामो समयदेखि प्याराग्लाइडिङ उडाइरहेका लाइसेन्स प्राप्त पाइलटहरु प्रेम केसी, माधव दाहाल, अशोक पराजुली, सरोज थापा र रविन्द्र थापाले धरानमा सेवा दिने छन् । उनीहरुका अनुसार धरानमा दृश्यावलोकन राम्रोसँग गर्न सकिन्छ । हरिया डाँडाकाडासँगै धरानको रमाइलो वस्ती हेर्दै उड्न पाउँदा सबै मख्ख पर्छन् ।

अर्का सञ्चालक निर्मल आचार्यका अनुसार प्रालिले केही समयपछि भेडेटारको नाम्जेमा बञ्जिजम्प पनि सुरु गर्ने तयारी गरिरहेको छ । उनी भन्छन् ‘अहिले प्याराग्लाइडिङसँगै घोडा सवारी पनि सञ्चालन गरेका छौं, तर प्याराग्लाइडिङमा पूर्वेलीहरुको बढी आकर्षण छ ।’

सुरुमा प्याराग्लाइडिङ विदेशी पर्यटकका लागि मात्रै लक्षित थियो । पोखरामा पहिला-पहिला नेपालीहरु प्याराग्लाइडिङ गर्न डराउँथे । विस्तारै नेपालीहरु पनि आकाशमा चरा जस्तै उड्दै रमाउन जान्ने भए ।

अहिले भूकम्प र नाकाबन्दीपछि बाहिरी पर्यटकहरु कम भएकाबेला प्याराग्लाइडिङ नेपालीहरुले नै धानेका छन् । त्यसैले अबका दिनमा प्याराग्लाइडिङ आन्तरिक पर्यटकले पनि धान्न सक्ने अवस्था बनेको नेपाल हवाई खेलकुद संघका केन्द्रीय उपाध्यक्ष सोभित बानियाँ बताउँछन् ।

अहिले देशभर ४० भन्दा बढी कम्पनीले प्याराग्लाइडिङ गराइरहेका छन् । करिब २ सय पाइलट यस क्षेत्रमा रोजगार छन् । उनका अनुसार अहिले धेरै पाइटल नेपालीहरु नै छन् र पर्यटक पनि नेपाली नै छन् ।

देश नै डाँडाकाँडाले भरिएको हुँदा नेपालमा सबैतिर प्याराग्लाइडिङ गर्न सकिन्छ । ‘प्याराग्लाईडिङले पूर्वका वासिन्दाले रमाईलो मात्र होइन, भारतदेखिका पर्यटकलाई उडाएर राम्रो आम्दानी पनि गर्न सकिन्छ भन्छन् पूर्वी नेपालका पर्यटन व्यवसायीहरु ।

२०७२ चैत ६ गते १९:२९ अनलाइनखबरमा प्रकाशित

The dreaded truth

Leave a comment


With elections over, families of the disappeared hope someone will tell them what happened

GOPAL DAHAL in SUNSARI


HUMAN RIGHTS WATCH

“They say the two armies are going to be one now, maybe that is why no one ever comes to ask about us anymore,” says 30-year-old Harimaya Magar, who hasn’t seen her husband since soldiers came to the house and took him away one night five years ago.

Hari Bahadur Magar was accused of carrying weapons for the Maoists and was disappeared along with six others from Titrigachi in Sunsari.

Hari’s 70-year-old mother, Padamkumari, watches television all the time just in case her son appears on the screen. She goes to all Maoist rallies hoping to catch a glimpse of him.

Harimaya’s son Nishan was born after his father disappeared and has never seen him. The five-year-old says: “Daddy has gone to Dharan, he will bring me clothes and biscuits.”

Machindra Limbu lives next door from the Magar household and his only son, Uttam, was taken away the same night as Hari.

After five years with no answers, Machindra joined the Maoist-affiliated Limbuwan Liberation Front and was fully engaged in campaigning during the elections. “I campaigned for the Maoists because I wanted them to win, so they’d let me know what happened to my son,” he told Nepali Times.

Machindra is also the secretary of the Society of the Families of the Disappeared in Sunsari. Uttam’s mother Dhanmaya attended all the Maoist campaign rallies, not so much to show support but hoping against hope that she may catch a glimpse of her son.

Besides Hari and Uttam, at least 19 other young men from Sunsari were disappeared during the conflict. Only six of them are known to have been killed.
Families of the disappeared have nearly given up hope, but many just need to know whether their sons and husbands are alive or dead. With the Maoists\’ election victory, they hope they will finally be told.

Officially, there are 1,100 cases of disappeareds all over Nepal, but human rights organisations say the number may be double that. Activists and families are both worried that despite talk about a Truth and Reconciliation Commission, the warring sides will try to sweep past atrocities under the carpet.

“We have gone and staged sit-ins in Kathmandu, we went to the army, we went to the Maoists, no one has shown any interest in finding my son,” says 82-year-old Mankumari Bhandari, whose son Pushpa was a Maoist trade union activist in Itahari before he was disappeared in 2003.

Most of the disappeareds were also the sole salary earners of their families who are now destitute. Besides their psychological trauma, many now face economic hardships.

“For many of these families, it would actually be a relief if they were told that their relatives died,” says psychiatrist Pramodmohan Syangbo, “without closure, they are forced to grieve every day.”

Somraj Thapa is with the human rights group, INSEC, and says there is no exact figure for the total number disappeared in the eastern region. He says: “The fact that the state and the former rebel forces have shown no interest in telling the truth proves they are guilty of human rights violations.”

NepaliTimes . FROM ISSUE #397 (25 APRIL 2008 – 01 MAY 2008) | 

No refuge for Sharan

Leave a comment


Himal Khabarpatrika, 29 April-14 May
By Gopal Dahal

Sharan Maya Rai died in the cage she was imprisoned in for five years (see pic). This young woman of Shilpakhi village in Baraha became mentally challenged nearly six years ago and her violent fits made her family cage her. When Himal Khabarpatrika first published her story three months ago, philanthropists here and abroad offered to pay for her treatment?all of which her superstitious family turned down. Even the shaman could not treat her, what could a doctor do? asked father-in-law Nak Bahadur.

At the insistence of local social workers, the family finally agreed to take Sharan Maya to Kathmandu, but not before the village medicine man gave another go. People contributed Rs 2200 to cover the cost of travel but by then it was too late for her. Her health, eroded by years of inhumane neglect, gave away and she died before she could leave her cage, much less her village. The fund collected for her treatment will now be used for her three children.

With no one to care for them, the children have been farmed out to relatives. The eldest one has been sent to stay with her aunt, and while the younger two wait for their turn they peer repeatedly into the cage where their mother was kept. The youngest misses her mother and tears stain her face while her brother sits in tightlipped silence.

FROM ISSUE #143 (02 MAY 2003 – 08 MAY 2003) | Nepalitimes

जसरी भए पनि बिजुली

Leave a comment

गोपाल दाहाल

नेपालीहरु बिजुली भनेपछि यति हुरुक्क हुन्छन् कि सरकारी प्रयासबाट बिजुली पुग्ने सम्भावना नभएका ठाउँमा आफ्नै प्रयासबाट बत्ती बालेका उदाहरण प्रशस्तै छन् । पेल्ट्रिक सेट, साइकिलको डाइनामो आदिको श्रृङ्खलामा थपिएको छ– पङ्खा ! विराटनगरको कृष्ण ग्रील प्रा.लि.ले नौ महिनादेखि उदयपुरको मैनामैनी लगायत देशका पाँच विकास क्षेत्रका एक–एक ठाउँमा परीक्षणको रूपमा पङ्खा र डाइनामो प्रयोग गरी हावाबाट बिजुली बत्ती बालेको छ ।

उदयपुरको मैनामैनी–९, कोठूका धनराज दाहाल र उनका छिमेकीहरु हावाको बिजुली बाल्न पाएर दङ्ग छन् । विकासका अरू कुनै सुविधा नपुगेको सप्तकोशी नजिकैको यो गाउँमा अहिले आठ वटा बत्ती बल्नुका साथै रेडियो र टिभी चलेका छन् । हावाबाट बिजुली उत्पादन गर्ने कृष्ण ग्रीलको प्रविधि त्यति जटिल छैन । करीब नौ मिटरको उँचाइमा हावा बहने दिशातिर फर्केर घुम्नसक्ने गरी डाइनामो जोडेर राखिएको पङ्खा घुमेपछि घर–घरमा बिजुली बाल्न र ब्याट्री चार्ज गर्न सकिन्छ । ग्रामीण भेगका लागि बढी उपयोगी मानिएको यो प्रविधि स्थापना गर्न रु.९० हजारसम्म खर्च लाग्ने कृष्ण ग्रीलले जनाएको छ । सो प्रणालीबाट डाइनामो र हावाको क्षमता हेरी ८ देखि ३० वटासम्म बत्ती बाल्न सकिने कुरा यसको प्रवद्र्धनमा लागेको आईटीडीजी, काठमाडौँका ओभरसियर टोककान्त पराजुली बताउँछन् ।

१-१५ जेठ २०६० | 15-29 May 2003 को तत्कालिन पाक्षिक हिमाल खबरपत्रिकामा प्रकाशित

वीपी प्रतिष्ठानको खस्किंदो आर्थिक अनुसासन

Leave a comment


गोपाल दाहाल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आर्थिक अनुसासन खस्किंदै गएको छ ।
महालेखा परिक्षकको प्रतिवेदनले सार्वजनिक गरेको प्रतिष्ठानका दुई आर्थिक वर्षको विवरणले आर्थिक अनुसासन कमजोर देखाएको हो । प्रतिष्ठानले आर्थिक वर्ष २०७५÷७६मा स्वीकृत बजेट भन्दा १० करोड ६६ लाख ८० हजार रुपैयाँ बढी खर्च गरेको छ ।


स्विकृत बजेट १ अर्ब २४ करोड ७४ लाख भएपछि प्रतिष्ठानले १ अर्ब ३५ करोड ४० लाख ७९ हजार खर्च गरेको छ । यसरी स्वीकृत बजेट भन्दा बढी खर्च गर्दा अधिकार प्राप्त अधिकारीबाट रकमान्तर समेत गराइएको छैन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ ले सञ्चालक परिषद्ले स्वीकृत गरेको बजेटको सीमाभित्र रहि खर्च गर्नु पर्ने व्यवस्था गरेको छ । महालेखा परिक्षकको हालै सार्वजनिक ५७ औं प्रतिवेदनले स्वीकृत बजेट भन्दा बढी खर्च गर्दा आर्थिक अनुसासन कायम नहुने भन्दै सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउनु पर्ने सुझाव दिएको छ ।


प्रतिष्ठानका विभिन्न कोषमा भएको जम्मा आम्दानी ६ करोड ५२ लाख ९ हजारमध्ये ५ करोड ७६ लाख ५० हजार खर्च भएपनि मुल कोषमा जम्मा गरिएको छैन । ऐन अनुसार प्रतिष्ठानलाई प्राप्त सबै प्रकारका रकम मुल कोषमा जम्मा गर्नु पर्छ ।
नेपाल सरकारले उपलब्ध गराएको अनुदान ५८ करोड ६७ लाखसमेत आर्थिक वर्ष २०७५÷७६मा प्रतिष्ठानले २ अर्ब ८० करोड ६६ लाख १७ हजार आम्दानी गरेको थियो । त्यस वर्षको कुल खर्च रकम २ अर्ब २२ करोड २ लाख २८ हजारमध्ये १ अर्ब ३७ करोड ३१ लाख (६२ प्रतिशत) तलब भत्ता तथा ज्यालामा खर्च भएको थियो ।


सन् २०१६, २०१७ र २०१८ मा विभिन्न ११ क्षेत्रमा प्रतिष्ठानले क्रमशः ३५५, ३४० र ३५१ विद्याथी भर्ना गरी अध्यापन गराएको थियो । सन् २०१६ को तुलनामा सन् २०१८ मा एम.बी.बी.एस.तर्पm ११२ सिट संख्याबाट १००, बी.डी.एस.तर्फ ५९ सिटबाट ५०, बी.एस्सी नर्सिङतर्फ ३० सिटबाट २७ बनाएर विद्यार्थी संख्या घटाइएको छ । महालेखाको प्रतिवेदनले पर्याप्त भौतिक पूर्वाधार भएको, बिरामीको चाप अत्यधिक रहेको र जनशक्तिको अवस्था हेर्दा विद्यार्थी भर्नाको कोटा घटाउनु पर्ने आधार नदेखिएको उल्लेख गरेको छ ।


पूर्वी नेपालका १६ जिल्लाको रेफरल सेन्टरको रुपमा प्रतिष्ठानले एम.आर.आई. मेसिन,आइ.सी.यू बेडलगायतका समस्या देखाएर भर्ना भइसकेका १ सय ३ जना बिरामीलाई अन्यत्र रेफर गरेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ,‘पूर्वी क्षेत्रको रेफरल अस्पतालको रुपमा रहेको प्रतिष्ठानले उपकरण तथा दक्ष जनशजक्तको अभावमा बिरामी रेफर गर्नु उपयुक्त भएन ।’
प्रतिवेदनमा अप्रसेन थिएटर, दक्ष जनशक्ति र उपकरणलगायतको कारण देखाई शल्यचिकत्सा समेत समयमा उपलब्ध नभई नाक, कान, घाँटी, न्यूरो सर्जरी, डेण्टलसर्जरी र ग्याष्टोलोजीमा १ महिना, जनरल सर्जरीमा सामान्यतः १.५ महिना, स्त्री तथा प्रसूतिमा २ महनिा, आर्थोपेडिक विभागमा ३ महिना र पेडियाट्रिकमा ५ महिना शल्यक्रियाका लागि विरामीले पर्खिनु परेको उल्लेख छ । यसरी लामो समय पर्खिनु पर्ने अवश्थाको अन्त्य गरेर सेवा प्रभावकारी बनाउनु पर्ने महालेखाको सुझाव छ ।

४ करोड ४० लाख लगानी, प्रतिफल शुन्य
प्रतिष्ठानको नाममा अस्पताल भएको घोपा क्याम्पमा २८२–९–३ बिघा, धरान छाताचोकमा १–४–१३.१ बिघा, मोरङको सुन्दरहरैचामा १४–१०–१३.५ बिघा र काठमाडौंको बाँसबारीमा ३–१५–२ रोपनी जग्गा छ । ती मध्ये छाताचौकमा रहेको जग्गामा सार्वजनिक पार्किङ र अतिक्रमण गरी घर टहरा बनाइएको प्रतिवेदनले औंल्याएको छ । सुन्दरहरैचामा रहेको जग्गामा औषधि उद्योग, पोखरी तथा खेत रहेको भएपनि उद्योगको भवन निर्माण अधुरो र जीर्ण छ । त्यहाँको ९ बिघा १० कट्ठा १३.५ धुर जग्गामा एक निजी फमािस्यूर्टकल्सले भवनलगायतको संरचना निर्माण गर्ने भनिएपनि महालेखाको टोली २०७६ मङ्सीर ६ मा स्थलगत अवलोकन गर्दा निर्माण कार्य अधुरो रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार प्रतिष्ठानले ४ करोड ४० लाख औषधि उद्योगमा लगानी गरेपनि हालसम्म कुनै प्रतिफल प्राप्त भएको छैन । सो रकमको सेयर प्रमाणपत्र पनि लिइएको पाईदैन । प्रतिवेदनमा भनिएको छ, ‘ लगानी सम्बन्धमा प्रतिष्ठानको शेयर एकिन गरी लगानी उपयोग र जग्गाको संरक्षण गर्नु पर्ने देखिन्छ ।’


अनधिकृत रुपमा ५ लाख ५० हजारको चेक काटिएको र अर्को आर्थिक वर्षमा दाखिला भएको भएपनि सो चेकको खर्च तथा बैंक दाखिला दुवैको लेखाङ्कन नभएको प्रतिवेदनमा उल्लेख छ ।
४ सय शैयाको प्रसूति तथा शिशुस्याहार उपचार केन्द्र भवन र पोष्ट ग्राजुएजट छारावास निर्माणका विषयमा पनि महालेखाले प्रश्न उठाएको छ । उपयुक्त कारण बिनै निर्माण कार्य रोक्ने पदाधिकारीलाई जिम्मेवार बनाई निर्माण कार्य सम्पन्न गर्नु पर्ने महालेखाको सुझाव छ ।
प्रतिष्ठानको आवास क्षेत्रबाट प्रत्येक महिना मिटर रिडिङको बिल अनुसार सफ्टवेयरमा हिसाब राखी विद्युत महशुल असुल गर्नु पर्नेमा प्रतिष्ठानले २०७६ असार मसान्तसम्म २ करोड ७ लाख ५७ हजार मध्ये १ करोड ५० लाख ६५ हजार मात्र असुज गरेको छ । भने ५५ लाख ९२ हजार असुल नभएको विषयमा छानबिन गर्न महालेखाको सुझाव छ ।

५७ प्रतिशत मात्र दरबन्दी
प्रतिष्ठानमा स्वीकृत दरबन्दी ३ हजार २२६ रहेकोमा १ हजार ७७२ मात्र पदपूर्ति भएको अवश्था छ । त्यसमा चिकित्सकको दरबन्दी ७६८ मा ३०२, नर्सको दरबन्दी ९५८ मा ६५२ र प्यारामेडिक्सको दरबन्दी २३० मा १४४ मात्र छन् । यो कुल दरबन्दीको ५७ प्रतिशत हो ।
महालेखाले स्वीकृत दरबन्दी अनुसार पदपूर्ति नहुँदा विरामी अन्यत्र रेफर हुने गरेको र प्रतिष्ठानको सेवा प्रवाहमा असर परेको उल्लेख गरेको छ ।

जवाफदेहितामा प्रश्न
प्रतिष्ठानले आर्थिक वर्ष २०७४÷७५को आर्थिक विवरण लेखा परिक्षणका लागि उपलब्ध नै गराएन । २०७६ वैशाख ३मा मात्र प्रतिष्ठानले विवरण पेश गरेपछि ७४÷७५को लेखा परिक्षण पनि यसपटक मात्र भयो । यस्तो लापरबाहीलाई महालेखाले कानुन अनुसार जिम्मेवारी र जवाफदेहिता पालना नगरेको उल्लेख गरेको छ ।
सो आर्थिक वर्षमा प्रतिष्ठानले लेखा ढाँचा तयार गर्न एक परामर्शदातालाई २०७२।७३ सम्म २४ लाख ८६ हजार भुक्तानी दिएकोमा उक्त कार्यका लागि पुनः २०७२।७३ मा सोही परामर्शदातासँग ६७ लाख ८० हजारको सोझै सम्झौता गरी यो वर्षसम्म ६१ लाख २ हजार र २०७४।७५ मा कर्मचारीको दायित्व मूल्याङ्कन गरे बापत ५ लाख ९७ हजारसमेत ९१ लाख ८५ हजार भुक्तानी दिएको थियो तर लेखा ढाँचा भने तयार भएन । एकै प्रकृतिको कार्य एउटै परामर्शदातासँग पटक पटक सम्झौता गरी सोझै खरीद गने कार्य नियम विपरित भएको प्रतिवेदनले औल्याएको छ ।
त्यस्तै प्रतिष्ठानले खरिद नियमावली विपरित मेसिन खरिद गरेको र १८३ दिन ढिलो गरेकोमा १५ लाख ९० हजार क्षतिपूर्ति लिनु पर्नेमा नलिएको उल्लेख छ ।

त्यसैगरी नेपाल सरकारबाट कार्डियोलोजी र क्यान्सर भवन निर्माण गर्न २०७४।७५मा निकासा भएपनि खर्च नभएको सशर्त अनुदानको १४ करोड, २०७३।७४ मा एम.आर.आई. मेसिन खरिद गर्न निकासा भएपनि मेसिन खरिद नगरी प्रतिष्ठानको खातामा राखिएको १६ करोड ५० लाख ३ हजार र अन्य कार्यको समेत ३८ करोड ५० लाख ३ हजार रुपैयाँ सशर्त अनुदान उपयोग नगरेकाले सो रकम प्रतिष्ठानले सजञ्च कोषमा दाखिला गर्नु पर्ने भएको छ ।
महालेखाले उठाएका यी विषयले प्रतिष्ठानमा आर्थिक अनुसासनहिनता बढिरहेको देखिन्छ । यो केही समयअघि मात्र नियुक्त भएका उपकुलपति र हालै नियुक्त भएका रजिष्ट्रारका लागि चूनौतिका विषय हो ।

बिचौलियाको फन्दामा नयाँ गायकगायिका

Leave a comment

गाेपाल दाहाल

पैसा भन्दा सबै मर्ने 
राम्री देख्दा सबै पछि पर्ने
तर को होला मलाई माया गर्ने

गायिका दुर्गा साउदले आफ्नै शब्द र संगीतमा गाएको यो गीतमा उनकै भोगाइ र पीडा पनि लुकेका छन्। गायिका बन्ने रहरले उनलाई धेरै पीडा पनि दियो। गायिका बन्न आफूले गरेको संघर्ष सम्झिँदा कहिलेकाहीँ उनलाई ‘कुन दिनमा यस्तो यातना भोग्न संगीतमा आएछु’ भन्ने लाग्छ।

तेह्रथुमको फाक्चामारामा जन्मेहुर्केकी दुर्गा पारिवारिक कारणले पोखरा पुगिन् र उतै पढ्न थालिन्। लेकसाइडका रेस्टुरेन्टहरूमा गाउन थालिन्। २०६५ सालमा काठमाडौँ आएपछि ठमेल, दरबारमार्गका दोहोरीहरूमा गाउन थालिन्। त्यसपछि सिंगापुर पुगेर ‘घुँघुरुज’ नामको इन्डियन क्लबमा गाइन्। नेपाल फर्किएपछि फेरि गजल रेस्टुरेन्टतिर गाउन थालिन्।

पहिलो गीत ‘नेपाल आमा’ रेकर्ड गर्दा त समस्या भएन तर एल्बम निकाल्ने क्रममा उनि ठगिइन्। ‘हाई हाई मंगले’ नामको एल्बम निकाल्न बुवाले २० हजार रुपैयाँ दिएका थिए। ‘मनास्लु’ नामको म्युजिक कम्पनीलाई त्यो २० हजार रुपैयाँ आँखा चिम्लिएर एड्भान्स बुझाइन्। त्यसपछि कम्पनीका मान्छे सम्पर्कविहीन भए। दुर्गा सुनाउँछिन्, ‘पछि थाहा भयो, अरू पनि धेरैलाई त्यसरी ठगेका रहेछन्।’

संगीत क्षेत्रमा १० वर्षजति संघर्ष गरिसकेकी दुर्गाले धेरै जना वरिष्ठ संगीतकार, म्युजिक भिडियो निर्माता तथा निर्देशक भेटिन्। ‘तीमध्ये अधिकांशको नियत राम्रो पाइनँ,’ उनी भन्छिन्, ‘गाउने अवसर दिनुस् न भन्दै जाँदा कतिले त सीधै ‘त्यसबापतमा हामीलाई के मिल्छ ?’ भने। कसैले चाहिँ ‘ज्यान भद्दा भयो, घटाऊ’ सम्म भने। यो क्षेत्रमा संघर्ष गर्नेको आर्थिक, मानसिक र शारीरिक शोषण हुन्छ।’

टेलिभिजनको स्क्रिन या युट्युबमा नाचेको÷गाएको हेर्दा हँसिला र खुशी देखिने कलाकारका मनभरि पीडा छन्। धेरै गीत गाएकी र ४० भन्दा बढी भिडियोमा मोडलिङ गरेकी गायिका सिर्जु अधिकारीसँग संगीत क्षेत्रका बिचौलियाहरूबाट ठगिनुका देखि अग्रज गायकहरूबाट हेपिएको अनुभव प्रशस्तै छ।

‘कलाकार बन्ने र टीभीमा देखिइने’ रहर लिएर सिर्जु दाङको तुलसीपुरबाट काठमाडौँ आईन् र दोहोरी साँझमा गाउन थालिन्। यसरी उनको संगीत यात्राको संघर्ष सुरु भयो। उनी भन्छिन्, ‘सिनियरले जुनियरलाई बाटो देखाउँछन्, सिकाउँछन् जस्तो लाग्थ्यो तर यो क्षेत्रमा त्यस्तो हुँदैन रहेछ। यहाँ त रहरको शोषण हुँदो रहेछ।’

Mamata-rai

गायिका ममता राई 
सिर्जु ‘डेट’ लिएर गीत रेकर्ड गराउन स्टुडियो पुग्थिन् तर उनको पालो मिचेर अग्रजहरूले गाइदिन्थे। उनी दिनभर कुरेर फर्किन्थिन्। त्यसरी धेरैपटक उनले पालोमा गाउन पाइनन्, अग्रजहरूले नै हेप्ने र पेल्ने गरे। एक पटक टुँडिखेलमा दोहोरी गाउन भनेर एक जना ‘मिडिएटर’ले उनीहरूलाई लिएर गर। ‘गाइसकेपछि एक हजार दिएर टारे,’ उनी सम्झिन्छिन्, ‘आयोजकबाट धेरै पैसा लिने र कलाकारलाई थोरै दिएर वा नदिएर ठग्नेहरू पनि धेरै छन् यहाँ। संगीत क्षेत्रमा यस्ता ठगी त कति छन्, कति।’

सिर्जु गायनसँगै भिडियोमा मोडलिङ पनि गर्थिन्। उनीसँग पारिश्रमिक नपाएका थुप्रै नमीठा अनुभव छन्। ‘एक पटक मुनाल शिशिर नामका निर्देशकले भिडियोमा मुख्य कलाकारकै रूपमा अभिनय गराए,’ उनी भन्छिन्, ‘तर, त्यो भिडियोमा न मेरो नाम थियो, न मैले पैसा नै पाएँ।’

२०७० सालमा गीत रेकर्ड गर्ने क्रममा गायिका ममता राईको सन्तोष प्रगाढसँग भेट भयो। सन्तोष आफूलाई संगीतकार र एरेन्जर बताउँथे। संगीत सिक्दै गरेकी ममतालाई पनि गीत रेकर्ड गराउने चाहना थियो। उनले सन्तोषलाई १५ हजार रुपैयाँ दिइन्। त्यसपछि गीत रेकर्ड हुने आशाले धेरै धाइन् तर उनको गीत कहिल्यै रेकर्ड भएन। भन्छिन्, ‘मेरो पैसा डुब्यो। मेरी साथी गीतालाई पनि सन्तोषले ठगे। उनले चाहिँ माफी मगाएर छोडिदिइन्।’

सांगीतिक क्षेत्रमा एक दशक बिताएकी मनीषा राईको अनुभवमा नयाँ गायकगायिकालाई सुरुदेखि नै गाह्रो हुन्छ। नयाँलाई संगीतकारदेखि एरेन्जरसम्मले बढी पैसा लिने तर कमसल काम गरिदिने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘सुरुमा केमा कति पैसा खर्च हुन्छ भन्ने थाहा भएन। जति माग्यो त्यति दिएँ, अहिले बुझ्दा नयाँ भनेर ठगेका रहेछन्। संगीतका बिचौलियाबाट पीडित नहुने गायक–गायिका पाउन गाह्रो हुन्छ।’ उनी बिचौलियाहरूले प्रचार गरिदिने नाममा पनि ठगी गर्ने बताउँछिन्। भन्छिन्, ‘उनीहरूले पत्रपत्रिकामा समाचार छपाइदिन्छु भनेर पैसा लिने गर्छन् तर समाचार आउँदैन।’

भिडियोमा लुट धन्दा

गायक सुमन श्रेष्ठ ‘संगम’ले गायिका मिलन अमात्यसँग गीत रेकर्ड गराए। त्यो गीतको भिडियो बनाउन उनले निर्देशक अर्जुन अधिकारीलाई अग्रिम १ लाख ५० हजार रुपैयाँ बुझाए। पैसा बुझाएको एक वर्ष भयो तर भिडियो बनेन। अर्जुनले उल्टै आमा बिरामी भएकाले समयमा काम गर्न नपाएको र पैसा आवश्यक परेको भन्दै ५० हजार रुपैयाँ ऋण मागे। सुमनले उनलाई ऋण पनि दिए। तर, फेरि पनि भिडियो बनेन। त्यसपछि सुमनले फोन गर्दा अर्जुनले फोनै उठाउन छाडे।

खोजी गर्दागर्दा बल्ल सुमनले अर्जुनलाई फेला पारे। ‘भिडियो खोइ त ? भनेर सोध्दा उनले गायिका मिलनले समय नदिएकाले अलिकति बाँकी रहेको भनेर टारे,’ सुमन भन्छन्, ‘मिलनलाई पनि सोधेँ तर उनलाई अर्जुनले फोनै गरेका रहेनछन्। अर्जुनसँग म रिसाएँ। उनले त्यतिबेला एक हप्तामा भिडियो सक्ने आश्वासन पनि दिए तर त्यो हप्ता कहिल्यै आएन। अहिले त फोनै उठ्दैन।’

उता, निर्देशक अर्जुन अधिकारी भने समय नमिलेर ढिलो भएको बताउँछन्। ‘एउटा भिडियो बनाउन एक वर्षभन्दा बढी लाग्छ र ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अब चाँडै गर्छु, गायिकाको समय नमिलेर ढिलो भयो।’ उनले त्यसो भने पनि रिपोर्टिङका क्रममा भेटिएका केही पीडितले अर्जुनले पैसा लिएर भिडियो नबनाइदिएको र पैसा पनि फिर्ता नगरेको बताए। उनीहरूले विशाल भण्डारी, निकेश खड्कालगायत म्युजिक भिडियो निर्देशकले पनि समयमा काम नगरिदिएर दुःख दिएको बताए। अर्जुन भने आफूमाथि लागेको आरोप गलत भएको दाबी गर्छन्।

केही समयअघि गायिका ममता राईले आफ्नो गीतको म्युजिक भिडियो बनाउन आफूलाई निर्देशक बताउने सुजन लामालाई ८० हजार रुपैयाँ बुझाइन्। भिडियोको लागि केही छायांकन पनि भयो। तर, लामो समय भिडियो बनेन। त्यसपछि ममताले सोधखोज गर्दा सुजनले भिडियो क्लिप्स नपुगेको भन्दै एडिटिङका लागि भनेर फेरि १० हजार मागे। त्यो पैसा लिएपछि सुजन सम्पर्कविहीन भए। ममता भन्छिन्, ‘सुजनले अरूलाई पनि ठगेका रहेछन्।’

म्युजिक भिडियो निर्देशक श्रीधर पौडेल संगीत क्षेत्रमा नयाँ कलाकार ठगिने समस्या ठूलो भएको बताउँछन्। भन्छन्, ‘डिजिटल क्यामराले भिडियो खिच्ने क्रम सुरु भएपछि जसले पनि भिडियो बनाउन थाले। त्यसपछि जो पनि निर्देशक, निर्माता र मोडल बन्न थाले र त्यहीँबाट विकृति सुरु भयो। मोडलिङमा रुचि भएकालाई पैसा निकाल्न लगाएर चलेको कलाकारसँग खेलाइदिन्छु भनेर ठगी गर्नेहरू पनि सक्रिय भए।’

Durga-saud

गायिका दुर्गा साउद

बाग्लुङका एक युवालाई गीतमा मोडलिङ गर्ने रहरले डुबायो। एक वर्ष मलेसियामा दुःख गरेर उनी चार लाख रुपैयाँ लिएर देश फर्केका थिए। दोहोरी क्षेत्रका एक जना चर्चित नृत्य निर्देशक/ म्युजिक भिडियो निर्देशकसँग उनको मलेसियामा चिनजान भएको थियो। काठमाडौँ आएपछि ती युवाले निर्देशकलाई भेटे। ‘मोडल भएपछि नाम पनि हुन्छ, दाम पनि हुन्छ, मोजमस्ती पनि गर्न पाइन्छ’ भनेर ती निर्देशकले युवालाई लोभ्याए।

ठमेलमा लगेर दोहोरीका दुई जना नाम चलेका मोडल पनि भेटाइदिए। ती युवाले भिडियोका लागि निर्देशकलाई १ लाख ८४ हजार रुपैयाँ बुझाए। तर, भिडियो बनेन। निर्देशकले उनको फोन उठाउन छोडे। एक महिना बिदामा आएका उनी समस्यामा परे। त्यसपछि उनी बाग्लुङ पुगे। त्यहाँबाट फोन गर्दा ती निर्देशकले ‘अब ५० हजार थप्नुस्, दुइटा भिडियोमा खेलाइदिन्छु’ भने। चोभारमा दुइटा गीतको एकै पटक सुटिङ पनि भयो। सुटिङमा न गायिका थिइन्, न चिनिएका कुनै कलाकार। १२ जना कोरस राखेर युवालाई पनि ती निर्देशकले नचाए। ‘तर, पाँच वर्ष भइसक्यो, अहिलेसम्म भिडियो सार्वजनिक भएको छैन,’ ती पीडित युवाले भने।

नाम चलेकै पनि पीडित 

संगीत क्षेत्र राम्ररी नबुझेका मात्र होइनन्, बुझेका र नाम चलेका संगीतकर्मी पनि बिचौलियाबाट पीडित छन्। अहिलेकी चर्चित गायिका मेलिना राई पनि ठगिएकी छिन्। एक वर्षअघि आफूलाई गीतकार, पत्रकार, आयोजक आदि बताउने राम रेप्चुङ राईले मेलिना लगायतका कलाकारलाई कार्यक्रमका लागि भनेर दार्जिलिङ लिएर गए। त्यहाँ गाएकी मेलिनाले त्यसको पारिश्रमिक नपाएको बताइन्।

धेरै गीत गाएका र संगीत भरेका बिनोद खम्बुलाई पनि उनै राम रेप्चुङले दार्जिलिङ लगेका थिए। त्यसको त पारिश्रमिक दिएनन् तर उताका आयोजकबाट उनले कलाकारलाई दिने भनेर पैसा लिइसकेका रहेछन्। त्यतिमात्र होइन, उनले खम्बुलाई १९ वटा गीतमा संगीत गरेको र कार्यक्रमको पैसा गरी करिब १ लाख ५० हजार जति दिएका छैनन्। खम्बु भन्छन्, ‘उसले विदेशमा रहेका गीतकारहरूसँग पैसा लिएर मलाई काम दिएको थियो तर उताबाट पैसा आएन भन्यो। मैले विदेशमा बुझ्दा पहिला नै पैसा लिइसकेको रहेछ।’

Arjun-

निर्देशक अर्जुन अधिकारी

रेप्चुङले म्युजिक भिडियो निर्देशक राकेश किराँतीलाई ‘विदेशमा बस्ने गरिब केटो छ, उसको श्रीमती पनि बितिन्, सस्तोमा भिडियो बनाइदिनुप¥यो’ भन्दै अनुरोध गरे। सामान्यतः एउटा भिडियोको ६५ हजार रुपैयाँ लिने राकेशले उनको कुरा पत्याएर प्राविधिक खर्च मात्र लिएर ४० हजारमा भिडियो तयार पारे। तर, रेप्चुङले त गीतकार साजन तामाङबाट भिडियोका लागि ८५ हजार र अडियोका लागि ४५ हजार रुपैयाँ लिएको राकेशले पछि थाहा पाए। राकेश भन्छन्, ‘मोडलसँग पनि २० हजार रुपैयाँ लिएको रहेछ। पछि थाहा पाउँदा पो छक्क परेँ।’

ठगिइने मात्र होइन, ठग्नेमा नाम चलेकै संगीतकर्मीको पनि बेलाबेला चर्चा हुन्छ। केही वर्षअघि गीतकार दिलिप बम्जनले फेसबुकमा संगीतकार महेश खड्काले ठगी गरेको भन्दै स्ट्याटस लेखेपछि सांगीतिक क्षेत्रमा त्यो चर्चाको विषय बनेको थियो। पैसा लिएर पनि काम नगरिदिएको र यस्ताबाट बच्न आग्रह गर्दै दिलिपले स्ट्याटस लेखेको थिए। चर्चित लोकगायिका सृजना ’विरही’ थापा गीत र संगीतको क्षेत्रमा ठगी परम्परा मौलाएको भन्दै यो क्षेत्रबाटै ओझेल परिन्। उनले विभिन्न अनलाइनमा संगीतमा ठगी धन्दा बढेकाले यो क्षेत्रबाटै आफू टाढिएको बताएकी थिइन्।

लगानीकर्ता सचेत छैनन्

लगानीकर्ता सचेत नहुँदा नेपाली संगीत बजारमा बिचौलियाले धेरैलाई बिचल्ली पारेको बताउँछन्, एसियन म्युजिक कम्पनीका सञ्चालक ईश्वर गुरुङ। संगीत क्षेत्र नबुझेका मान्छेबाट डेढ लाखदेखि दुई लाख लिएर ४० हजारमा काम सक्ने प्रवृत्तिका ‘खाने मान्छे’ टन्नै भएको उनी बताउँछन्। गुरुङ भन्छन्, ‘जो पायो, त्यसलाई पैसा बुझाउनु हुँदैन। पैसा दिँदा मौखिक भरमा मात्र दिनु हुँदैन।’

एरेन्जर राजन इसान यसरी ठग्ने मात्र होइन, ठगिइने पनि दोषी रहेको बताउँछन्। उनी भन्छन्, ‘अहिलेको जमानामा सीधै सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्न सकिने भएकाले बिचौलियासँग काम गर्नु मूर्खता हो।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले संगीत क्षेत्रमा ठेकेदारहरू धेरै छन् भन्ने गुनासो पहिलादेखि नै सुनेका हुन्।

उनको बुझाइमा यस्ता ठेकेदारको फन्दामा पर्नेहरू प्रायः गाउँबाट काठमाडौँ आएकाहरू छन्। आफ्नो नाम र अनुहार देखाउन खोज्ने लोभमा उनीहरू ठगिइने गरेको रसिक बताउँछन्। ‘रहर गरेर मात्र हुँदैन, त्यो रहरको कसैले शोषण गरिरहेको त छैन भन्नेमा पनि सतर्क हुनुपर्छ,’ रसिक भन्छन्, ‘आफ्नो रहर पूरा गर्न पैसा हाल्ने लगानीकर्ताले को कस्तो मान्छे हो भन्ने बुझ्न जरुरी हुन्छ। संगीत क्षेत्रमा बिचौलिया र ठेकेदारहरूले भाँडभैलो मच्चाइरहेको कुरा टन्नै सुनेको छु। जो ठगिन्छन्, उनीहरूले प्रहरीमा उजुरी गर्नुपर्छ।’

‘स्टुडियोहरू पनि पीडित छन्’ 


भीषण मुकारुङ 
गायक/स्टुडियो सञ्चालक सेवा रेकर्डिङ स्टुडियो, अनामनगर, काठमाडौँ

स्टुडियोमा गीत रेकर्ड गराउनुपर्‍यो भन्दै केही त्यस्ता मान्छे आउँछन्, जो संगीतकार पनि होइनन्, सर्जक पनि होइनन्, न गायक नै हुन्। ठेकेदार बनेर आउने त्यस्ता मान्छेले प्रायः नयाँ रचनाकार, गायकका काम ल्याउँछन्। गीत रेकर्ड भएपछि सुन्नलाई दिनुपर्‍यो भन्छन्। सुन्नका लागि राम्रै क्वालिटीको गीत पेनड्राइभ वा मोबाइलमा सारेर लैजान्छन्। त्यतिबेलै पैसा माग्न पनि अविश्वास गरे जस्तो हुन्छ। गीत लिएर गएपछि कति त फर्किंदैनन्, उता गीतको भिडियो बनेर युट्युबमा आइसकेको हुन्छ। धेरै स्टुडियोहरू यसरी नै पीडित बनेका छन्। कसैले चाहिँ उता प्रोड्युसरबाट धेरै पैसा लिने तर स्टुडियो र संगीतकर्मीलाई थोरै दिने गरेका पनि छन्।

त्यस्ता बिचौलिया वा ठेकेदारहरू चलेका गायकगायिकासँग भेट्ने, सेल्फी खिच्ने र फेसबुकमा राखेर खूब प्रचार गर्छन्। उनीहरूसँग देश–विदेशबाट संगीतमा रुचि भएकाले सोधखोज गर्छन्। विदेशमा रहेकासँग ‘राम्रो गायक, संगीतकार र वाद्यवादकसँग काम गर्ने’ भनेर टन्न पैसा मागेर यहाँ २०÷२५ हजारमा काम गराउने बिचौलिया छन्। त्यसैले नेपाली संगीतको स्तर खस्किँदै गएको छ।

यस्तो धन्दा गर्नेहरू व्यावसायिक संगीतकर्मी होइनन्। उनीहरूबाट विदेशमा रहनेहरू धेरै ठगिएका छन्। यसलाई नियन्त्रण गर्न पनि गाह्रो छ। विशेष गरी, विदेशमा रहनेहरूले चलेका कलाकारसँग सेल्फी खिचेर पोस्ट गरेको आधारमा कसैलाई विश्वास गर्नु हुँदैन। साँच्चै राम्रो काम गर्ने मान्छे हो कि होइन भनेर बुझेर मात्र काम गर्नुपर्छ। अहिले त सामाजिक सञ्जालका कारण सीधै गायक वा संगीतकारसँग टाढैबाट पनि सम्पर्क हुन सक्छ। त्यसरी काम गर्दा ठगिइने सम्भावना नै हुँदैन।

‘म वरिष्ठ’ भन्दै ठग्ने रेप्चुङ

Ram-repc
आफूलाई राम रेप्चुङ भनेर चिनाउने रामकुमार राईले गायक, संगीतकार, म्युजिक भिडियो निर्देशकदेखि विद्यार्थीसम्मलाई विभिन्न बहानामा ठगेको भन्दै पीडितहरूले सामाजिक सञ्जालमा अन्तरक्रिया चलाएपछि उनको असली रूप सार्वजनिक भएको हो।

धरानको सिटी कलेजमा अध्ययनरत उर्मिला वालिङ राईलाई कलाकारिता क्षेत्र एकदमै मन पर्छ। स्थानीय कलाकर्मी उनका साथी छन्। त्यही क्रममा उनको भेट भयो रेप्चुङसँग। उनले आफूलाई वरिष्ठ गीतकार, पत्रकार, गायकका रूपमा चिनाए। त्यसपछि सानो काम परेको भन्दै पैसा सापट मागे। १० हजार रुपैयाँ दिएकी उर्मिलाले पछि मात्र उनको वास्तविकता थाहा पाइन्। ‘पटक–पटक माग्दा अनेक बहाना बनाएर पैसा नदिएपछि अरू साथीहरूसँग पनि कुरा गरेँ,’ उर्मिला भन्छिन्, ‘कुरा गर्दै जाँदा त उनीबाट ठगिइने धेरै भेटिए।’ ठगीको आरोप लागेका रेप्चुङसँग यस विषयमा कुरा गर्दा उनले आफू उर्मिलाको पैसा फिर्ता गर्न तयार रहेको बताए। ‘मैले घर–परिवारको मान्छे सम्झेर त्यसो गरेँ,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘मेरो नियत नराम्रो होइन। परिस्थितिले यस्तो भयो।’ पीडितहरूले ग्रुप च्याट बनाएर कुरा गरेपछि उर्मिलाले ठगिने १७ जनाको नाम फेसबुकमा सार्वजनिक गरिदिइन्।

फाट्टफुट्ट गीत लेख्ने रेप्चुङ खास गरी हङकङ, यूके, खाडी मुलुकलगायत विदेशमा रहेका संगीतप्रेमी युवाहरूबाट गीत र भिडियो बनाइदिने भन्दै मोटो रकम लिने गर्छन्। त्यसपछि नेपालका कलाकारलाई सस्तोमा गाउन र संगीत गर्न लगाउँछन्। तर, त्यसरी सस्तोमा लगाएको पैसा पनि नदिँदा कलाकारहरू पीडित छन्।

पीडितहरूका अनुसार रेप्चुङले नयाँ कलाकारहरूलाई आफू पत्रकार भएको र राष्ट्रिय स्तरका मिडियामा पनि पहुँच भएकाले चर्चित बनाइदिने भन्दै पैसा लिने गरेका छन्। उनले होटलहरूमा समेत खाएर पैसा नतिरेको पाइएको छ। रेप्चुङले पैसा तिर्नुपर्नेहरूको सूचीमा कलाकार टंक मगर, राजु निमा, अञ्जना राई, महेन्द्र राई, अमृत राई, कोकिल मोक्तान, मनी राई, विजय राई लगायत मनशान्त, यति र हङकङ होटलको नाम पनि छ। हङकङ होटलका सञ्चालक भूपाल राई रेप्चुङबाट पैसा उठाउन नसकेको बताउँछन्।

भोजपुरमा जन्मिएका र हाल मोरङको याङ्शिला बस्ने रेप्चुङ बोल्दा गायक राजेशपायल राईको नक्कल गर्दै ठूलो स्वर बनाएर बोल्छन्। राजेशपायललगायत चर्चित कलाकारसँग फोटो खिचेर फेसबुकमा हाल्ने र उनीहरूसँग नजिक सम्बन्ध रहेको भन्दै गीत बनाइदिने जिम्मा लिन्छन्। ‘दर्शन नमस्ते’ भन्दै बोल्न सुरु गर्ने उनले राजेशपायललाई नै गीत गाउन लगाएर पैसा नदिएको अन्य पीडितहरू बताउँछन्। उनले काम गराएको स्टुडियोमा समेत पैसा तिरेका छैनन्।

एक जना पीडित भन्छन्, ‘आफूलाई वरिष्ठ पत्रकार, वरिष्ठ गायक, वरिष्ठ कलाकर्मी भनेर रेप्चुङले धेरैलाई ठगेका छन्। म वरिष्ठ भन्दै ठग्छन् उनी। होला त नि भनेर धेरै जना उनको जालमा फसिसके।’

उनीमाथि लागेको ठगीको आरोपबारे सोध्दा रेप्चुङले सम्पूर्णसँग भने, ‘सबैलाई परिवारभित्रका मान्छे सोचेर काम गरेँ। मेरो केही कमजोरी पनि भयो होला। अब आफ्ना कमजोरी सुधार गर्दै जाने सोचमा छु।’

गीत र भिडियोको खर्च
अहिले बजारमा चलेको रेटअनुसार एउटा गीत रेकर्ड गर्न ३० देखि ७० हजार रुपैयाँसम्म खर्च हुन्छ। गीत रेकर्डिङको स्टुडियोअनुसार तीनदेखि १० हजार, कम्पोजमा १० देखि ४० हजार र एरेन्जमा पाँचदेखि १५ हजार रुपैयाँ खर्च हुन्छ भने बाजाहरू कति हाल्ने त्यही अनुसार वाद्यवादनमा खर्च हुन्छ। गीतकारलाई भने तीनदेखि १० हजारसम्म तिर्नुपर्छ।

त्यस्तै, एउटा म्युजिक भिडियो बनाउन लोकेसन र प्राविधिक तथा निर्देशकअनुसार २५ हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने यस क्षेत्रमा आबद्ध रहेकाहरू बताउँछन्। यो सामान्यतया हुने खर्च हो। नाम चलेका कलाकार र निर्देशकलाई लिएर स्तरीय म्युजिक भिडियो बनाउने हो भने खर्च धेरै लाग्छ।

सम्पूर्ण साप्ताहिकबाट साभार

“Wasn’t the war supposed to be over?”

Leave a comment

GOPAL DAHAL in SUNSARI


PICS: GOPAL DAHAL
MAKING DO: Asha Shrestha tries to pick up the pieces of her shattered life near her tent at Jabdi.

This is where the Kosi bursts out of the mountains into the plains, and its blue waters reflect the scenic mountains to the north.

But the scenery is lost on the 150 people who have been living in makeshift tents by the banks of the river for the past week. They aren’t victims of a natural disaster, but have fled for their lives after threats from one of the militant groups active in the Eastern tarai.

The displaced are all from the village of Haripur, 30km to the south bordering the Kosi Tappu Wildlife Reserve, who collected all their belongings and fled their village on 24 November. Besides the 30 families here in Sunsari’s Jabdi, Haripur refugees have also fled to Morang and Jhapa.


Bhuban Singh Magar was beaten unconscious and his clothes set on fire.Seventh-grader Anita Rai has stopped going to school for a year because of harassment. Now she has fled with her family.

“They were masked and carried guns, they hit me on the chest with the back of a pistol,” recalls 20-year-old Asha Shrestha, who was dragged out of her house. Her husband, Som Bahadur was also roughed up and their mobiles taken.

Sixty-four year old Bhuban Singh Magar was attacked the previous day by five armed men in masks. They kicked him and set fire to his clothes and said if he didn’t give them Rs 10,000 within three days they’d kill him. They took away all his chicken, a radio and watch.

The Shrestha and Magar families are among hundreds who fled. They were not poor, many had two to four hectares of fertile land. Magar had his entire ripening paddy crop destroyed, and he has heard the attackers have sowed dal on his land.

But the threats are not new. Ever since the Armed Police Force killed a Madhesi tiger militant in July and the group retaliated by killing Haripur village elder Tek Bahadur Kunwar, the villagers have been terrorised by the militants.

It is clear that the extremists are using the madhesi cause to rob and loot, and that in essence this is all about land.

“I had three hectares of rice- they destroyed it all, I’m now a beggar,” says Om Bahadur Shrestha who owned three hectares.

When Nepali Times interviewed them on Wednesday, the families were sitting on the sun drying their damp clothes and looking completely lost. “We tried to stay for as long we could since it was our home. But we just couldn’t take the torture anymore, we fled for our lives,” says Harka Bahadur Rai. Most refugees say the gunmen are few and can be easily identified. What puzzles them is why they were allowed to terrorise them for so long using the madhes issue as an excuse.

So far, the Red Cross and the local branch of the FNCCI has helped with tents and rice, but most families go to bed hungry every night. The cold is taking its toll on the 30 children who are here, many have lung infections and cough a lot.

The children had stopped going to school last year, while still in Haripur because they were harassed by the Tigers. “They used to abuse us and hit us when we went to school, so we just stopped going to class,” says seventh grader Anita Rai. Her father Harka Rai says the children just refused to go to school. “By now they have forgotten what they learnt.” In Jabdi, the children help with foraging for food and firewood. Sunsari CDO Chrianjibi Adhikari has promised shelter, and so has the local Maoist commander Tika Rai. But so far, the refugees are still in tents.

Chitra Bahadur Karki is a father of three, and says simply: “Wasn’t the war supposed to be over?”

From Nepali Times. ISSUE #376 (30 NOV 2007 – 06 DEC 2007)

फिस्टुला ‘शत्रुलाई पनि नहोस्’

Leave a comment

धेरैले लाजले भन्दैनन्, लुकाउँछन्; तर वास्तविकता यही हो— नेपालका गाउँ–गाउँमा असुरक्षित प्रसवका कारण हुने अब्स्ट्रेटिक फिस्टुलाबाट पीडित हजारौं महिला पिसाबको आहालमा डुबेर बसेका छन् ।

गोपाल दाहाल

फिस्टुलाका बिरामीहरू ।

लगालग तीन छोरी जन्मेपछि पाँचथर भारपा–६ की देवीमाया रिजालमाथि घरपरिवार–गाउँछिमेकबाट छोरा नपाए वंश कसले धान्छ, जुठो–किरिया कसले गर्छ भन्ने दबाब बढ्न थाल्यो । र, परिवारको खुशीका लागि २८ वर्षको उमेरमै चौथो सन्तान जन्माउन तयार देवी त्यही कारणले जीवनभर नबिर्सिने पीडा खप्न बाध्य भइन् ।

दुई दिन व्यथा लाग्दा पनि बच्चा जन्मिन नसकेपछि फिदिम अस्पताल लगिएकी देवीको बच्चा त खेर गयो नै, आमाको निरन्तर रगत र पिसाब बग्न थाल्यो । उनको माया मारिसकेका श्रीमान् डम्बर रिजाल र आफन्तले रगतले लत्पतिएको अवस्थामै एम्बुलेन्समा हालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याई उपचार गरेपछि रगत त रोकियो तर पिसाब रोकिएन । डम्बर सम्झ्न्छन्, “डाक्टरले मलाई एक्लै बोलाएर अब अस्पताल ल्याउनुपर्दैन जीवनभर यस्तै हो भने । उता बिरामीलाई तीन महिनापछि अप्रेसन गर्नुपर्छ भनेका रहेछन् ।”

अस्पतालबाट फर्केपछि देवी घरको साह्रो–गाह्रो काम गर्न नसक्ने भइन् । “पिसाब तल नखस्ने गरी थाङ्नामा बेरिएर र प्लाष्टिकको थैलो लगाएर समेत बसें”, देवी भन्छिन्, “तैपनि घरै गन्हाउने हुन्थ्यो, बाहिर कतै हिँड्न सकिन्नथ्यो ।” १२ वर्ष यसरी बिताउँदा देवीलाई आफ्नै जीवन ‘भार’ लाग्न थालेको थियो । पिसाबमै डुबेर श्रीमतीको जिन्दगी जाने भयो भनेर डम्बर पनि चिन्तित थिए, यद्यपि समाजमा कतिले ‘लोग्नेले नै यस्तो पारेको’सम्म भनेका उनले सुनाए ।फिस्टुला पीडित सीतामाया तामाङ ।

यसैबीच गएको कात्तिकमा निरन्तर पिसाब बग्ने समस्याको नेपालमै उपचार हुनथालेको थाहा पाएर डम्बरले देवीलाई फेरि बीपी प्रतिष्ठान पु¥याए । मङ्सिरमा फ्रान्सको ‘गाइनोकोलजिष्ट सान्स फ्रण्टियर’ भन्ने संस्थाबाट आएका डा. एजिजजेथ र डा. हुवर्डबाट श्रीमतीको शल्यक्रिया गराएका उनले तिनै डाक्टरबाट थाहा पाए— देवीलाई असुरक्षित प्रसवका कारण हुने ‘अब्स्टे«टिक फिस्टुला’ भएको रहेछ । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलाहरूमा हुने अब्स्टे«टिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ । लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दवावले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ । फ्रान्सका डा. हुवर्ड भन्छन्, “बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मिति भन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल प¥यो भने यस्तो समस्या आउँछ ।”

समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन् । फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि–दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक–मानसिक समस्या भोग्नुपर्छ । यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पु¥याएको छ ।

पाँचथर अमरपुर–६ की ४० वर्षीया सीतामाया तामाङले सात वर्ष पिसाबको आहालमै बिताइन् । ६ छोरी र चार छोरा जन्माइसकेकी सीता तीन छोरा खसेपछि फेरि गर्भवती भएकी थिइन्, तर पेटको बच्चा उल्टो बसेको रहेछ ।

लामो प्रसूति व्यथापछि अस्पताल पु¥याइएकी उनको बच्चा मृत अवस्थामा तानेर निकालियो । सीताले दुःखेसो पोखिन्, “छोरै थियो । ऊ त बचेन, आपूm भने फोहोरमा डुबेर बाँच्नु प¥यो ।” पहिला त्यति धेरै बच्चा जन्माउँदा पनि घाँस–दाउरादेखि घरको सारा काम भ्याउने सीताले फिस्टुला भएपछि घर वरिपरि मात्रै सीमित हुनुप¥यो । उनले रुँदै भनिन्, “घरमा दुर्गन्धले छिमेकी समेत आउँदैनथे !”

दोस्रो बच्चा जन्मिन डाक्टरले दिएको मितिभन्दा ढिलो भएपछि काठमाडौंस्थित ओम अस्पताल पुगेकी मोरङ उर्लाबारी–६ की पूmलमाया राईको गत वर्ष अप्रेसन गरेर बच्चा त सकुशल जन्माइयो, तर सँगसँगै पिसाब नरोकिने समस्या शुरु भयो । शल्यक्रियाबाटै बच्चा जन्माएकी भोजपुर गोगनेकी पूर्णकुमारी राईलाई पहिलो पालामै यस्तो समस्या आइलागेको थियो । त्यसपछि घर जान पनि नसकेकी उनी एक वर्षदेखि इटहरीमा बसेकी छन् । “पिसाब बगेको बग्यै हुन्छ, कसरी घर जानु ?” पूर्णकुमारीले भनिन् । ताप्लेजुङ इखाबुकी खड्गीमाया लिम्बूलाई १६ चैत २०६६ मा घरमै व्यथाले च्याप्यो । अस्पताल नजिकै थिएन, चार दिन व्यथा सहेर बसेकी र त्यसपछि हात हालेर मरेको बच्चा निकालिएकी उनको पिसाब बगेको बग्यै छ । पाँचथर गैरीगाउँकी ४५ वर्षीया मैनादेवी बयलकोटी पनि सात वर्ष यस्तै बिजोग सहेर बसिन् । भन्छिन्, “यस्तो त शत्रुलाई पनि नहोस् ।”

धेरैले लाजले भन्दैनन्, लुकाउँछन्; तर वास्तविकता यही हो— नेपालका गाउँ–गाउँमा अब्स्ट्रेटिक फिस्टुला पीडित हजारौं महिला पिसाबको आहालमा डुबेर बसेका छन् । विकसित पश्चिमा मुलुकहरूमा एक शताब्दीअघि नै निर्मूल भइसकेको यस समस्याबाट अफ्रिका, अरब र दक्षिण एसियाली मुलुकका महिलाहरू पीडित छन् । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार विश्वमा हाल २० लाख महिला अब्स्ट्रेटिक फिस्टुला पीडित छन् भने हरेक वर्ष ५० हजारदेखि १ लाख पीडित हुन्छन्, तर यसको विश्वव्यापी उपचार क्षमता प्रति वर्ष ६५०० मात्रै छ ।

गर्भावस्था र प्रसवकालमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने गरिब मुलुकका महिलाहरूका लागि ठूलै समस्या भएको यो रोग नेपालमा पनि नजानिँदो गरी लुकेर बसेको र भुसको आगो झ्ैं भित्रभित्रै फैलिरहेको छ । चिकित्सकहरु आफूकहाँ आउने विरामीहरुको चापका आधारमा हरेक वर्ष दुई–तीन हजार प्रभावित भइरहेको हुनसक्ने अनुमान गर्छन् । व्यवस्थित तथ्याङ्क समेत नराखेको सरकारले प्रसवजन्य फिष्टुलालाई प्राथमिकतामा राखेको छैन । फिस्टुलाबारे सचेतनाका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिस्टुला विशेषज्ञ डा. मोहनचन्द्र रेग्मी भन्छन्, “फिस्टुलालाई सुरक्षित मातृत्वको समस्याकै रूपमा लिएर रोकथाम र उपचारका उपायहरू अपनाउनु पर्छ । राज्यले मातृस्वास्थ्य सम्बन्धी शिक्षामा ध्यान दिँदै सचेतना पैmलाउने नीति मात्रै लिए पनि धेरै हदसम्म समस्याको रोकथाम र न्युनीकरण हुन्छ ।”

नेपालमा पाटन अस्पताल र बीपी प्रतिष्ठानमा मात्र उपलब्ध जटिल शल्यक्रियाबाट गर्नुपर्ने फिस्टुलाको उपचार हालै विदेशी चिकित्सकहरुले सुर्खेतमा पनि शुरु गरेका छन् । पाटनमा डा. कुन्दु याङ्जोम र विपी प्रतिष्ठानमा डा.धु्रव उपे्रति र मोहनचन्द्र रेग्मीले फिस्टुलाको शल्यक्रिया गरिरहेका छन् । डाक्टरहरूका अनुसार फिस्टुलाको अपरेसन गर्न कम्तीमा २१ दिन अस्पताल बस्नुपर्छ र रु.५० हजार खर्च लाग्छ, जुन धेरै नेपालीको पहुँचमा छैन ।

सन् १९९३ मा नाइजेरियामा भएको एक अध्ययनले फिस्टुला पीडितमध्ये ५५ प्रतिशत १९ वर्षमुनिका महिलाहरू र त्यसको ९४ प्रतिशत घरमै बच्चा जन्माउनेहरू भएका देखाएको थियो । नेपालमा ठ्याक्कै त्यस्तो अध्ययन भएको त छैन, तर अहिलेसम्मको अनुभवका आधारमा कम उमेरमा विवाह र बच्चाको जन्म हुनु, गर्भवती अवस्थामा पौष्टिक तत्वको कमी हुनु, नियमित स्वास्थ्य परीक्षण नगराउनु, व्यथा लागेको लामो समयसम्म अस्पताल नपुग्नु, बच्चाहरूको जन्मान्तर कम हुनु, असुरक्षित तवरले प्रसूति वा गर्भपतन गराउनु यसका मुख्य कारण देखिएका छन् । त्यसबाहेक घरेलु हिंसा, सामाजिक लाञ्छना, लामो राजनीतिक द्वन्द्व पनि यसका कारण हुन् ।

१६–३१ जेठ २०६८ ( 30 May-14 Jun 2011) को हिमाल खबरपत्रिकामा प्रकाशित

रङ्गविहीन धराने रङ्गमञ्च

Leave a comment

धरानलाई अहिले पनि धेरैले ‘कलाकारको शहर’ भनेर चिन्छन् । ‘धरानका घरघरमा कलाकार छन्’ भन्ने गरिन्छ । धरानको यो छवि त्यही बेलाको रङ्गमञ्चले निर्माण गरेको हो तर अहिले धराने रङ्गमञ्च रङ्गविहीन बनेको छ ।

alt

  •  गोपाल दाहाल

‘धरानका हलहरूमा टिकट काटेर नाटक हेर्नेहरूको भीड हुन्थ्यो । एकै दिन दुई–तीनवटासम्म नाटक प्रदर्शन हुन्थे । यो कुरा सुनाउँदा अहिलेका पुस्ता एकादेशको कथाजस्तो मान्छन् ।’ त्यस बेलाका सक्रिय रङ्गकर्मी विनोद श्रेष्ठ तँखाछेको भोगाइ हो यो ।

पहिले धराने रङ्गमञ्चको माहोल नै बेग्लै थियो । नाट्य संस्थाहरूबीच कसले राम्रो नाटक मञ्चन गर्ने भनेर प्रतिष्पर्धा नै चल्थ्यो तर अहिले धरानको रङ्गमञ्च तँखाछेले भनेजस्तै एकादेशको कथाजस्तो भएको छ । धरानलाई अहिले पनि धेरैले ‘कलाकारको शहर’ भनेर चिन्छन् । ‘धरानका घरघरमा कलाकार छन्’ भन्ने गरिन्छ । धरानको यो छवि त्यही बेलाको रङ्गमञ्चले निर्माण गरेको हो तर अहिले धराने रङ्गमञ्च रङ्गविहीन बनेको छ । रङ्गमञ्चका गतिविधि घट्दा धरानको पुरानो छवि मेटिँदै छ । रङ्गकर्मी तँखाछे भन्छन्, ‘नयाँ पुस्तालाई ल्याउन नसक्दा धराने रङ्गमञ्चको भविष्य पनि राम्रो देखिँंदैन ।’

धरान उपमहानगरपालिका (तत्कालीन नगरपालिका) ले शतवार्षिक महोत्सवका अवसरमा २०५७ सालमा प्रकाशन गरेको स्मारिका ‘धरान दर्पण’ मा उल्लेख भएअनुसार धरानमा वि.सं. १९९६÷९७ देखि साँस्कृतिक कार्यक्रम हुने क्रम शुरु भएको हो । त्यस बेला धरानको अमरहाट (हालको कृषि बजार) मा लाग्ने हाटमा सुन्तला, अदुवाजस्ता उत्पादन बेच्न पहाडबाट झरेकाहरूले राति मादल बजाउँदै गीत गाएर र नाचेर रमाइलो गर्थे । धरानको सार्वजनिक ठाउँमा नाचगान र रमाइला कार्यक्रमको थालनी त्यसै बेला भयो । धराने रङ्गमञ्चको जग पनि त्यही थियो ।

वि.सं. २००४ सालतिर धरानका विभिन्न ठाउँमा हिन्दी नाटक मञ्चन हुने क्रम चल्यो । २००७ सालको क्रान्तिपछि भने धराने रङ्गमञ्चमा पनि क्रान्ति आयो । अर्थात् त्यसपछि भीमनिधि तिवारी, हर्कबहादुर शाहीलगायतका नेपाली नाटक धमाधम मञ्चन भए । धरानमा २००८ सालमा मञ्चित भीमनिधि तिवारीको नाटक ‘जीवनज्योति’ पहिलोपटक दर्शकले टिकट काटेर हेरेका थिए । २०१० सालदेखि भने धराने कलाकर्मीकै लेखन, निर्देशनमा नाटक प्रदर्शन शुरु भए । त्यस बेला चन्द्रशेखर श्रेष्ठ, अहिलेका वरिष्ठ गीतकार कालिप्रसाद रिजाल, इन्द्रबहादुर थापा, शिवशङ्कर थापालगायत रङ्गकर्ममा सक्रिय भए । त्यसपछिका दिनमा वसन्त थापा, गोविन्द विकल, हालका गायक दीप श्रेष्ठ, रमाकान्त खनाल, रामचन्द्र बनेपालीलगायत सक्रिय रङ्गकर्मी थिए ।

२०१५ सालसम्म धरानको रङ्गमञ्चमा पुरुषहरू मात्र आउँथे । उनीहरूले नै महिलाको कपडा लगाएर अभिनय गर्थे । त्यस बेलाको समाजमा महिलाहरू रङ्ग क्षेत्रमा आउनुलाई राम्रो मानिँदैनथ्यो । २००८ सालमा सुलोचना राई र कलावती राईले आँट गरेर मञ्चमा नाच्दा संस्कृति बिग्रियो भनेर धेरै विरोध भयो तर समय बदलिँंदै जाँदा महिलाहरू पनि नाटकमा आउन थाले । २०२० सालबाट भने धरानमा रङ्गकर्म गर्ने संस्थाहरू स्थापना हुन थाले । त्यस बेला लोकनृत्य सङ्घ, सांस्कृतिक संस्थान, फ्रेन्ड्स क्लब, नयाँ लहरजस्ता संस्था स्थापना भएको विभिन्न दस्तावेजहरूमा पाइन्छ ।

पञ्चायतकालको त्यो समयमा धरानको कलाकारिता काठमाडौंसम्म पनि चर्चित थियो । वरिष्ठ गायक दीप श्रेष्ठका अनुसार २०२५ साल पुस १ गते पञ्चायत स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा धरान साँस्कृतिक संस्थानको टोलीलाई पनि काठमाडौं निम्त्याइएको थियो । तत्कालीन राजा महेन्द्रलाई नाटक देखाउन गएको टोलीले काठमाडौंंको राष्ट्रिय नाचघरमा नाटक मञ्चन गरेको थियो । त्यसै बेला धराने टोलीबाट गएका दीप श्रेष्ठले खाली समयमा दुईवटा गीत सुनाएका थिए । गायक दीप सम्झिन्छन्, ‘मैले गीत सुनाएपछि राजा महेन्द्रले मन पराएछन् । भोलिपल्टै रेडियो नेपालमा गीत रेकर्ड गर्ने अवसर पाएँ । त्यस बेलाको सक्रिय धराने रङ्गमञ्चकै कारण म गायनमा स्थापित हुन सकेँ ।’

२०२६ सालमा धरानमा जनजागृति क्लब स्थापना भयो । त्यसले अर्को वर्षदेखि धरानबाहिरका गाउँहरूमा समेत नाटक प्रदर्शन ग¥यो । त्यसपछि २०४२ सालतिर धनकुटाका अशेष मल्लको लेखन, निर्देशन र अभिनयमा धरानमा सडक नाटक मञ्चन भयो । त्यस समयमा धराने रङ्गमञ्चमा प्रेम सुब्बा, राजकुमार मादेन, शारदा शाक्य, शशी थापा सुब्बा, तपन तरफदारलगायतको समूह सक्रिय थियो । त्यस्तै शारदा सुब्बा, गिरिराज आचार्य, मिलन बान्तवा, इन्द्र बज्राचार्यलगायतले लेखेका नाटक चर्चित थिए । अभिनेतृ शान्ति मास्के धरानकै रङ्गकर्मी थिइन् । गायिका तथा नायिका पवित्र सुब्बा, मोडल कला सुब्बालगायत धरानको रङ्गमञ्चबाटै माथि उठेका हुन् ।

२०४४ देखि ०४८ सालबीचमा धरानमा नाट्य संस्था खुल्ने बाढी नै चल्यो । त्यही बेला अनाम, आरम्भ, समर्पण, सृजना, शृङ्खला, अनुराग, छिमेकी, मोकशुरा, शंकर, सहारा, सरगम, सृष्टि, हाम्रो नाट्य जमातलगायतको स्थापना भयो । त्यसैताकाका नवकला साहित्य प्रतिष्ठान, पराग परिवार, प्रभा युवा क्लब, सृजना साँस्कृतिक परिवार, साँगुरी परिवार, चिराग परिवार, हिमायती परिवारलगायतले पनि धमाधम नाटक र साँस्कृतिक कार्यक्रम गर्थे ।

त्यस समयमा हालका फिल्म निर्देशक नवीन सुब्बा, सुरज सुब्बा, लेखक रमेश केसी, कलाकार प्रेम सुब्बा, आशा मगराती, सुवास थापा, राजेन्द्र रिमाल, सुवास अधिकारी, गोपाल देवान, विनोद श्रेष्ठ, सौगात रिजाल, नवीन मेन्याङ्वोलगायत सक्रिय थिए । नवीन, सुरज, पवित्र, कला, आशा, चलचित्रका निर्देशक र कलाकार भएर काठमाडौं भासिए भने रमेश बिरामी भए । कोही विदेश गए, कसैले अरू नै व्यवसाय अँगाले । फिल्म तथा टेलीभिजनको बढ्दो प्रभाव अनि नाटकमै लागेर जीवनयापनको सम्भावना नभएपछि रङ्गकर्मीहरू टिकिरहन सकेनन् र २०५० को दशकमा नाट्य संस्थाहरू धमाधम बन्द हुन थाले ।

धरानका सबैजसो नाट्य संस्था बन्द हुँदा पनि अनाम नाट्य जमात भने सक्रिय थियो । अनामले देशमा मात्र होइन, हङकङ, कोरिया, चीनलगायतसम्म पुगेर नाटक प्रदर्शन गर्न थाल्यो । अनाममा आउन थालेका अवसर र विदेश यात्राकै कारण यसको नेतृत्वमा मनमुटाव भयो । ससाना कुरामा झगडा भएपछि अनाम दुई टुक्रा भयो । त्यसपछि संस्थापन पक्ष निष्क्रिय बन्दै गयो भने टुक्रिएर बनेको अनाम एकेडेमीले केही समय सडक नाटक प्रदर्शन गर्यो ।

६० को दशकमा आइपुग्दा अनामले एनजीओ, आइएनजीओबाट सहयोग पाउन थाल्यो । सडक नाटकका लागि करिब ५८ लाख रुपैयाँको परियोजना आएपछि अनाम फेरि एक भएर जुट्यो तर भावनात्मक रूपमा भने एक हुन सकेन । त्यसपछि परियोजना अवधि नसकिँदै पुनः विभाजित भयो । त्यसपछि मुद्दा अदालतसम्म पुग्यो । अहिले अनाम बेनाम छ । तत्कालीन अनामका कार्यकारी निर्देशक राजेन्द्र रिमाल भन्छन्, ‘काम गर्नेभन्दा लोभ गर्नेहरू धेरै हुँदा अनाम टुक्रियो । जुटाउने प्रयास गरेका हौँ तर पनि समस्या सकिएन ।’

पहिला रङ्गकर्मीहरू धेरै दुःख गरेर आफ्नै खर्चमा नाटक प्रदर्शन गर्थे । विस्तारै एनजीओहरूले सडक नाटकका नाममा पैसा दिन थाले । शुरुमा यसले रङ्गकर्मीलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने आशा जागेको थियो तर त्यसले नकारात्मक असर ग¥यो । पहिला उल्टै पैसा खर्च गरेर नाटकमा सक्रिय हुनेहरूले अहिले पैसाबिना नाटक नै गर्न छाडे । त्यसपछि नाट्य गतिविधि झनै सुस्ताए ।

रङ्गकर्मी पलायन, रङ्गमञ्च रित्तो
धरानको नाट्य क्षेत्रमा एक समय शशी थापा सुब्बा निक्कै सक्रिय थिइन् । धरानको नाट्य तथा नृत्य होस् वा फिल्म क्षेत्रमा शशीको सक्रियता उस्तै थियो । धरानको कला क्षेत्रमा अनाम नाट्य जमातमा सक्रिय शशीको आफ्नै प्रतिष्ठा थियो, समाजमा बेग्लै पहिचान थियो । तर त्यो पहिचान र प्रतिष्ठा सबै छाडेर अहिले उनी सपरिवार बेलायतमा छिन् । धरानलाई छाडे पनि रङ्गकर्म भने नछाडेको तर्क छ शशीको ।

सुवास अधिकारी र सोमा थापा धरानको नाट्य क्षेत्रमा जमेका जोडी थिए । रङ्गमञ्चमै सक्रिय रहँदा उनीहरूको प्रेम सम्बन्ध स्थापित भयो । रङ्गमञ्चसँगै जीवनयात्रा अघि बढाउने वाचा गरेर विवाह गरेका उनीहरूले सृष्टि नाट्य समूहमार्पmत् राम्रा नाटक प्रदर्शन गरे । उनीहरूका नाटकले राष्ट्रियस्तरमै पुरस्कार पाउँथे तर उनीहरू दुवैजना धेरै वर्ष आपूmले खेलेको रङ्गमञ्च त्यागेर अहिले स्वीडेनमा छन् । स्वीडेनमै बेला–बेलामा नाटक मञ्चनसमेत गर्ने गरेका सुवास–सोमा पनि आफूहरू विदेशमा भए पनि रङ्गकर्म नछाडेको बताउँछन् ।

सुवास थापा धराने रङ्गमञ्चका अर्का सक्रिय कलाकार थिए । धेरै नाटक र फिल्ममा समेत अभिनय गरेका सुवास रङ्गकर्मबाट जीवनयापन गर्न नसकेपछि हङकङ भास्सिए । अहिले उनी बेलायततिर लाग्ने योजनामा छन् । एक समय धरानका सक्रिय रङ्गकर्मी जसकुमार राई अहिले अमेरिकामा छन् । पुराना रङ्गकर्मी प्रेम सुब्बा अहिले फिल्ममा व्यस्त छन् । नवीन सुब्बा, सुरज सुब्बा नाल्बोलगायतका एक समयका सक्रिय रङ्गकर्मी अहिले फिल्ममा सक्रिय भए पनि नाटकमा निष्क्रिय छन् ।

केही वर्षअघिसम्म धरानमा सक्रिय रङ्गकर्म गरिरहेका राजेन्द्र रिमाल र अल्पना कमाचार्यको जोडी अहिले काठमाडौँमा होस्टल सञ्चालन गरिरहेको छ । धरानमै रहेका विनोद श्रेष्ठ, मदन गुप्ता, हिमाल दाहाललगायत व्यापार–व्यवसायमा सक्रिय छन् । त्यस बेलाका सक्रिय रङ्गकर्मी सुवास थापा भन्छन्, ‘रङ्गमञ्चमा रहर र केही गरौँ भन्ने जोश हुँदासम्म धरानका लागि भनेर काम गरियो तर हाम्रो यो कामलाई सरकारले वा स्थानीय निकायले आप्mनो ठानेनन्, कतैबाट सहयोग नपाएपछि मन नलाग्दा नलाग्दै पनि यो क्षेत्रबाट टाढिनु प¥यो तर अभैm छाड्न सकिएको छैन ।’

स्थानीय तह र राज्यले रङ्गकर्मलाई व्यवसायिक बनाउन सहयोग नगरेपछि पलायन हुनुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । धरानको रङ्गकर्मलाई नजिकबाट बुझेका पत्रकार अनुशील श्रेष्ठ रङ्गमञ्चमा व्यवसायिकता खोज्न नसक्नु र पुराना रङ्गकर्मीले नयाँ पुस्ताका रङ्गकर्मी जन्माउन नसक्नु नै धरानको रङ्गमञ्च सुस्ताउनुको कारण मान्छन् । उनी भन्छन् ‘पहिला धरानलाई रङ्गकर्ममा देशकै उर्वर भूमि मानिन्थ्यो तर अहिले देशका अन्य भागमा रङ्गकर्म व्यवसायिक बनिसक्दा धरानका रङ्गकर्मी पलायन हुनुपर्ने अवस्था आयो । यसमा राज्यको त दोष छँदैछ, स्वयम् रङ्गकर्मीहरूको पनि दोष छ ।’

केही आशा, केही निराशा
धरानको रङ्गमञ्च निष्क्रिय बनेका बेला केही वर्षअघि काठमाडौंमा अभिनय प्रशिक्षण लिएर आएका युवा विष्णु मोक्तानले रङ्गभूमि एकेडेमी स्थापना गरेर नाटक मञ्चन शुरु गरे । उनले एकेडेमीमा तालिम दिएका विद्यार्थीहरू र केही पुराना रङ्गकर्मीलाई समेटेर मञ्चन गरेको नाटक ‘अब टाउको कहिले हल्लिन्छ’ तीन दिनसम्म चल्यो । त्यसपछि गत वर्ष विष्णुले नै अर्को नाटक ‘इङ्घङ’ २२ दिनसम्म प्रदर्शन गरे । विष्णुले नाटकमा अभैm पनि सम्भावना रहेको देखाएपछि सुस्ताएका पुराना नाट्य संस्था पनि जाग्न थालेका छन् ।

विष्णुले पहिलो नाटक प्रदर्शन गरेपछि पुरानो नाट्य संस्था आरम्भ पनि जाग्यो । २०४५ सालमा स्थापना भएको आरम्भ नाट्य समूहले २०५७ सम्म सक्रियतापूर्वक नाटक मञ्चन गरेको थियो तर यसका सदस्यहरू लाखापाखा लागेपछि निष्क्रिय बनेको संस्था पुनर्गठनपछि आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका योजना यस्ता थिए, ‘नयाँ पुस्तालाई प्रशिक्षण दिने, महिनामा एउटा नाटक मञ्चन गर्ने, नाटक सङ्ग्रह प्रकाशित गर्ने, पहिला जस्तै नाटकको माहौल बनाउने’ ।

आरम्भका अध्यक्ष गोपाल देवानले भनेका थिए, ‘अब धरानलाई रङ्गकर्मको बेसक्याम्प बनाएर राष्ट्रिय रङ्गमञ्चको सगरमाथा आरोहण गर्छौं ।’ केही वर्षयता आरम्भले प्रशिक्षण र नाटक मञ्चनका कार्यक्रम गरिरहेको छ तर दुई दशकअघिकै शैली छाड्न नसक्दा आरम्भको कामले गति लिन सकेको छैन । आरम्भसँगै पुनः जागेको सहारा नाट्य समूहले एउटा राम्रो नाटक मञ्चन ग¥यो तर त्यसपछिका दिनमा निरन्तर सक्रिय बन्न सकेन । धरान उपमहानगरपालिकाले धरानको कला, साहित्यको विकासका लागि भनेर ‘धरान प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ तर त्यसले पनि यस्ता कुरामा ध्यान दिन सकेको छैन । प्रज्ञा प्रतिष्ठान सानातिना नृत्य र आर्ट प्रतियोगितामा रमाइरहेको छ । प्रतिष्ठानका सदस्यसमेत रहेका विनोद तँखाछे भन्छन्, ‘प्रतिष्ठान बन्दा धरानको कला क्षेत्र फेरि जाग्छ भन्ने आशा गरेको थिएँ तर त्यहाँ काम गर्दा निराश भएँ । साथीहरू पुरानै ढर्रामा चल्न थाले, मलाई जानै मन लाग्न छाड्यो ।’

नाट्यकर्मी महासङ्घका महासचिवसमेत रहेका धराने रङ्गकर्मी राजेन्द्र रिमाल भन्छन्, ‘पुराना नाट्य संस्था जागे पनि अहिलेको विकसित नाट्यशैली र प्रविधि बुझ्न नसक्दा धरानको रङ्गकर्मले गति लिन सकेको छैन ।’ धरानको निष्क्रिय रङ्गमञ्च जगाएको श्रेय पाएका विष्णु मोक्तान धरानको रङ्गमञ्च फेरि जाग्ने विश्वास व्यक्त गर्छन् । ‘धरानको रङ्गमञ्च सुस्ताएको देखेर केही गर्नुपर्छ भन्ने सोंचले मञ्चन थालेका छौँ । यसलाई निरन्तरता दिन्छौँ’, उनी भन्छन्, ‘धरानमा अहिले पनि रङ्गकर्म बुझ्ने माहोल छ तर नाटक मञ्चन गर्ने ठाउँ छैन । स्थानीय सरकारले सहयोग गर्ने हो भने पहिलाजस्तै माहोल बन्न सक्छ । यसैबाट व्यवसायिक बन्ने दिन आउँछ । त्यसका लागि उपमहानगरपालिकाले रङ्गकर्मीसँग छलफल गरेर योजना बनाउनु आवश्यक छ ।’

 असार १८, २०७६ मा ब्लाष्टमा प्रकाशित

Older Entries