घुम्न आउँनुस् धरान…..

Leave a comment

-गोपाल दाहाल

हिजोआज धेरै जसो धरानेहरुको फोन नम्बर डायल गर्दा ‘घुम्न जाउँ धरान..’, ‘ बजारै भरौं न धरान..’ जस्ता धरानका बारेमा गायिएका गीतहरु रिङब्याक टोनमा बज्छन् । त्यसो त यतिबेला धरानमा जताजतै ‘घुम्न जाउँ धरान’ लेखिएका पोष्टहरु टाँसिएका छन् ।

यतिबेला धरानवासी नगर सजाउन उत्साह पुवक लागेका छन् । धरान ध्वाजा पताकाले रंगीचंगी पारेर बेहुली झैं चिटिक्क सिंगारिंदै छ । भानुचौकमा रहेको घण्टाघरलाई रंगरोगन गरी विजुलीका झिम्भिमे More

धार्मिक गन्तव्य बराहक्षेत्र

Leave a comment

सुनसरीको वराहक्षेत्र देश विदेशका हिन्दु धर्मावलम्वीहरुको प्रसिद्ध पर्यटकिय गन्तव्य बनेको छ । हिन्दु धर्मावलम्वीहरुको विश्वका ४ क्षेत्र मध्ये एक वराहक्षेत्र एक तीर्थस्थल हो । वराहक्षेत्रका बारेमा विभिन्न धार्मिक र ऐतिहासिक दस्तावेजहरुमा उल्लेख गरिएको पाईन्छ । वराहपुराण स्कन्द पुराण जस्ता ग्रन्थमा चर्चा भएको र विभिन्न कालखण्डका राजा महाराजाहरुले समेत यसको संरक्षणको काम गरेको आधारमा भन्न सकिन्छ यो क्षेत्र सताब्दियौंदेखि चर्चित क्षेत्र हो ।

धरान देखि २५ किलोमिटर पश्चिमोत्तरमा पर्ने वराहक्षेत्र नेपाल भारत र अन्य छिमेकी राष्ट्रहरुका वासिन्दाको लागिपनि प्रसिद्ध धार्मिक पर्यटन स्थल बनेको छ । हरेक बर्षको कार्तिक र माघमा लाग्ने विशाल धार्मिक मेलामा धार्मिक पर्यटकको घुईचो लाग्ने गरेको छ । More